एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन्। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले उनलाई बुटवलबाट पक्राउ गरेको हो।

साँझ पक्राउ परेका सन्दीपलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए। उनलाई बिहीबार काठमाडौं ल्याउने तयारी गरिएको छ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ। उनी पनि अब जुनसुकै बेला पक्राउ पर्न सक्छन्।

यसअघि बुधबार नै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

मंगलबार एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहका इन्द्रजित राई पक्राउ परेका थिए।

पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक, इन्द्रजित राईका छोरा निरजलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ। उनीहरु हाल फरार छन्।

प्रतिक्रिया दिनुहोस