हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई काठमाडौं ल्याइयो

काठमाडौँ । सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाका ५ घाइते मध्ये ३ जना गम्भीर घाइतेलाई संखुवासभाबाट काठमाडौँ ल्याइएको छ । थप उपचारका लागि उनीहरुलाई काठमाडौँ ल्याइएको हो ।

नेपाली सेनाकाे हेलिकाेप्टरबाट उनीहरूलाई काठमाडाैँ ल्याइएकाे हाे । त्यसअघि उनीहरूलाई संखुवासभाकाे तुम्लिङटार लगिएकाे थियाे । सेनाले प्रारम्भिक स्वास्थ्य जाँचपछि त्यहाँबाट ३ जनालाई काठमाडाैँ ल्याइएकाे हाे ।

बाँकी २ जनामध्ये सामान्य अवस्थाका एक घाइतेलाई खाँदबारी अस्पताल पठाइएकाे छ । र, उनलाई पनि अवस्था हेरेर काठमाडाैँ पठाउने तयारी गरिएकाे सहायक प्रमुख जिल्ला अधिकारी माेहनमणि घिमिरेले बताए । साथै एक जना गम्भीर अवस्थाका घाइते तुम्लिङटरबाट सडक मार्ग हुँदै जिल्ला अस्पताल खाँदबारी लगिँदै गरेकाे उनले बताए ।

स्राेतका अनुसार सडक मार्गबाट खाँदबारी लगिँदै गरेका ती गम्भीर घाइतेकाे निधन भइसकेकाे तर चिकित्सकले औपचारिक रुपमा घोषणा गर्ने भने बाँकी रहेकाे बताइएकाे छ ।

संखुवासभाको भोटखोला–४ हम्मरेडाँडामा माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान ओसारिरहेको सिम्रिक एयरको हेलिकोप्टर अबतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस