टोप बहादुर कहाँ छन तपाईहरु खोज्नु न मलाई जानकारी छैन : ओली

बैशाख २३ काठमाण्डौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव टोप बहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीसँग भेटेर बाहिरिने क्रममा सिंहदरबारमा सञ्चारकर्मीहरुले पक्राउ पूर्जी जारी भएका टोप बहादुर रायमाझी कहाँ छन् ? भनेर सोधेपछि ओलीले तपाईहरु खोज्नु न कहाँ छन् ? मलाई जानकारी छैन भन्ने जवाफ दिएका थिए । ओलीले केही तत्वहरुले आफू बिरुद्ध भ्रष्टाचारी जोगाउन खोजेको हल्ला चलाएको दावी गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनी फरार रहेका छन् । सरकारका सचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका छन् । रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस