मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न नमान्ने बेहुला प्रहरी नियन्त्रणमा

विवाह मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न अस्विकार गरेका बेहुला र उनका बुवालाई बारा प्रहरीले नियन्त्रयामा लिएको छ।

नियन्त्रण पर्नेमा भारत बिहार पुर्वी चम्पारण सुगौली पथवलीयाका घर भएका बेहुला शशिकान्त चौरसिया र उनका बुवा श्यामकान्त चौरसिया रहेका बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताएका छन्।

बैशाख २४ गते महागढीमाई नगरपालिका ६ बहुवाईन घर भएका बेहुलीको घरमा जन्ती लिएर बेहुला पक्ष आएका थिए।

भारतबाट आएको जन्तीहरुलाई स्वागत गरी खाजा खुवाएर विवाह गर्नको लागि बेहुलालाई बिवाह मण्डपमा लगिएको थियो। बिवाह मण्डपलाई देखेर बेहुलाले बिवाह नगर्ने बताएका थिए। ‘बेहुली पक्षले भने जति दाइजो दिएको, जन्तीको सेवा सत्कार पनि राम्रोसँग गरेकोले विवाह किन नगर्ने’ भन्ने प्रश्न गर्दा बेहुलाले मण्डपलाई राम्रोसँग सजावट नगरिएकोले आफुले विवाह नै नगर्ने अडान लिएका थिए।

बेहुला बिवाह गर्ने समयमै बिवाह गर्न अस्विकार गरे पछि बेहुला र बेहुली पक्ष बिच बिवाद बढेको थाहा पाएर प्रहरीले बेहुलाका बुवा र बेहुलालाई नियन्त्रणमा लिएर दुबै पक्षलाई सामय पारेको थियो ।

बेहुलाले अन्तिम समयमा बिवाह नगर्ने लिएको अडानले बेहुली पक्षलाई मांसिक तनाव दिएको समाजिक प्रतिष्ठामा पनि आच आउने काम गरेको र साढे सात लाख नेपाली रुपैया दाईजो समेत लिएकोले बेहुला र उनका बुवालाई थुन्नु परेको उपरीक्षक बोगटीले बताए ।

घटनालाई मिलाउनको लागि बेहुला र बेहुली पक्षका अग्रजहरुले आपसी लेनदेनको बिषयमा सहमति गरेर बेहुला पक्षलाई छोड्न भने पनि दाईजो लिएर विवाह गर्न आउने र विवाह अगाडी नै बेहुलीे पक्षको स्वभिमान गिराउने काम गर्नेलाई कानुनी कारवाही गर्ने भनेरउनीहरुलाई सम्झाएर पठाइएको बोगटीले बताए।

दाईजो, भोज भतेर र घरको सजावट गरेर बेहुली पक्षको १० लाख भन्दा बढि खर्च भएको र बेहुलाको कारणले त्यो रकम डुब्ने अवस्था आएको बेहुलीका परिवारका सदस्याहरुले गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस