पोखरामा २ किलो गाजासहित एक युवक पक्राउ

पोखरामा २ किलो ग्राम गाजासहित युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा २४ स्थायी घर भई हाल वडानं. १८ शितलबस्ती बस्ने २५ वर्षीय बसन्त सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुबेदीलाई प्रहरीले चेक जाँचका क्रममा पोखरा महानगरपालिका ३० पावरहाउसबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले लागू औषध गाँजा २ किलो ७ सय ८२ ग्राम र मोवाईल १ थान फेला पारेको हो ।

पक्राउ परेका सुबेदीलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस