शेरबहादुर- आरजुका छोरा जयवीरले कभर सिंगर शिवानासँग विवाह गर्दै, गरे इन्गेजमेन्ट

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंहले कभर सिंगर शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन् । अहिले यी दुईले इन्गेजमेन्ट गरेका तस्विर सामाजिक संजालमा भाइरल बनेका छन् । श्रेष्ठ र जयवीरसिंहले औंठी साटेको तस्वीर शिवानीकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेकी छन् ।

उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन ‘।’निकट स्रोतका अनुसार केही साथीहरु र परिवारका थोरै सदस्य मात्रै बसेर औंठी साटासाट भएको हो ।स्वीरमा शिवानाको हातमा औंठी लगाएको देख्न सकिन्छ । डिनर भोजमा सबै जना उपस्थित भएर ‘क्याजुअल सेलिब्रेसन’ गरेको देखिएको छ ।

शिवानाले प्रिटीप्लिज नामक अनलाइन प्लेटफर्ममार्फत सौन्दर्य प्रसाधनको व्यवसाय सञ्चालन गर्दै आएको देखिन्छ ।२८ वर्षिय जयवीर नेपाली कांग्रेसको सक्रिय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस