भर्खरै मात्र नेपाल सरकार बाट अनुमति पाएको नेपाली ब्राण्ड को बाइक ‘यात्री ‘ च्यासिस् गुड्दागुड्दै भाँचिएको छ।

नेपालको आफ्ने उत्पादन भनेर प्रचार गरिएको विद्युतिय मोटरसाइकल यात्रीको च्यासिस् गुड्दागुड्दै भाँचिएको छ।

सामाजिक संजालमा च्यासिस् भाँचिएपछि लम्परासर अवस्था मोटरसाइकलको तस्विर पोस्ट भएको छ।

यस तस्विरले मोटरसाइकलको गुणस्तरमाथि ग्राहक सशंकित बनाएको छ।

मोटरसाइकल निर्माता कम्पनी यात्री तस्विर सामाजिक संजालमा भाइरल भएपछि घटनाको बचाउ गर्दै फेसबुक पोस्टमा तस्विरबारे स्पष्टिकरण दिएको छ।
आफ्नो फेसबुक पेजमा यात्री मोटरसाइकलले फोटो सन्दर्भ बुझ्न भनेको छ।

‘सामाजिक संजालमा सन्दर्भ नबुझी च्यासिस् भाँचिएको मोटरसाइकलका केही तस्विरहरु पोस्ट भएका छन्। नयाँ डिजाइन र परीक्षण अन्तरगत हामीले नयाँ पार्टस् र प्रणालीको परिक्षण गरिरहेका छौं। त्यही परिक्षण आन्तरिक परिक्षण अन्तरगत हाम्रा इन्जिनियरले नयाँ च्यासिसको परिक्षण गरेका बखत सो घटना भएको हो’, फेसबुक स्टाटसमा भनिएको छ।

त्यसैगरी यात्रीले यसबाट भ्रममा नपर्न र विषयको स्पष्टता बुझ्न समेत आग्रह गरेको छ।

यात्रीले यस्तो बताए पनि सो तस्विरमा देखिएको घटना कहाँ कसरी हुनपुग्यो भन्ने बारेमा केही बताएको छैन्।

यस बारेमा थप बुझ्न खोज्दा उपलब्ध नम्बरमा कुनै पनि किसिमले सम्पर्क हुन सकेको छैन्।

यात्रीको यस स्टाटसमा पनि सामाजिक प्रयोगकर्ताले विभिन्न प्रश्न उठाएका छन्।

प्रतिक्रिया दिनुहोस