मलद्वारबाट एक किलो बढी सुन छिराई पेटमा लुकाएर आएका पुरुष बाङ्गिएर हिँडेपछि…

धनगढीः मलद्वारमा राखेर नेपाल भित्र्याइएको अवैध सुन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको छ।

यूएईको सारजाहबाट काठमाडौँ आएका भारतीय नागरिक महमद उसिनले झोल बनाएर मलद्वारबाट पेटमा छिराई ल्याएको एक किलो ७५ ग्राम सुनसहित प्रहरीले आज दिउँसो उनलाई पक्राउ गरेको हो।

एयर अरेबियाको उडान नम्बर जी ९–५३६ बाट नेपाल आएका केरलाका मोहमदले अस्वाभाविक गतिविधि देखाएपछि विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो। त्यसक्रममा सुनलाई तरल बनाएर मलद्वारबाट छिराई पेटमा लुकाएर ल्याएको खुलेको हो।

पेटमा सुनको झोल राखेका उनी बाङ्गिएर हिँडेको देखेपछि आशंका लागेर सोधपुछ गर्दा घटना बाहिर आएको विमानस्थल प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस