लोकदोहोरी गायक रमेश बिजीले गरे विवाह, अब अष्ट्रेलिया बस्ने

काठमाडौँ । लोकदोहोरी गायक, सर्जक तथा लोकदोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष रमेश बिजीले विवाह गरेका छन् । उनले आफ्नै गृह जिल्ला स्याङ्जा निवासी शर्मिला श्रेष्ठसँग प्रेम विवाह गरेका हुन् । १२ बर्षदेखी अष्ट्रेलियाको मेलवर्न बस्दै आएकी प्रेमिका शर्मिला श्रेष्ठसँग उनले लगनगाँठो कसेका हुन्।

बिजी र श्रेष्ठको विवाहको हल्ला केही अगाडि नै साङ्गीतिक क्षेत्रमा छाएको थियो । तर आधिकारिक रूपमा भने उनीहरुले स्वीकार गरेका थिएनन् । अहिले भने गायक बिजी आफैले सार्वजनिक गरेका हुन् ।

विवाह सार्वजनिक भएपछि उनलाई सामाजिक सञ्जालमा आफन्त, साथीभाइले बधाई दिइरहेका छन् । बिहे लगत्तै उनि अष्ट्रेलिया जाने तयारीमा छन्। उनि अब अष्ट्रेलियामा स्थायी बसोबासकै लागि जान लागेको बिजीका नजिकका साथीले बताए।

श्रेष्ठ हाल अष्ट्रेलियन नागरिक हुन्। उनीहरुको प्रेमसम्बन्ध वि.सं. २०५५ सालदेखि थियो। श्रेष्ठ र बिजी दुवैजना स्यांग्जा जिल्लाका हुन्। दुई दशकभन्दा बढी समयदेखि गायनमा रहेका बिजी पछिल्लो समय अस्ट्रेलियामा छन् ।

प्रतिक्रिया दिनुहोस