कालिकोटमा शिकारीले हानेको गोलि लागेर किशोरीको मृत्यु

कालिकोट नरहरीनाथ गाउँपालिका -५ रुप्साकी १७ वर्षिया किशोरीको गोली लागेर मृत्यु भएको छ।

जेठ १९ गते दिउँसो मकै बारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर १७ वर्षिया एलिसा सहकारी घाइते भएकी थिइन्।

घाइते सहकारीको प्रथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछी प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो। उपचारकै क्रममा २१ गते सुर्खेतमा उनको मृत्यु भएको स्थानीय नेत्रराज वोगटीले बताए। उनले गोलि चलाउने शिकारीको नाम थाहा नभएको बताए।

वोगटीका अनुसार रुप्साकै एक स्थानीयले बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी एलिसाको टाउकोमा लागेको थियो। किशोरी सहकारीको आजै पोष्टमार्टम गरी अन्तेष्टी गरिएको छ। उनी स्थानीय विद्यालयमा कक्षा दशमा पढ्दै थिइन्।

घटनाको बारेमा अनुसन्धान गर्न प्रहरी त्यस तर्फ जादै गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। प्रहरी निरिक्षक शुभराज बमका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस