बरु सरकार छाडिन्छ तर बजेट यथास्थितिमा पास हुन दिँदैनौँ : माधव नेपाल

जेठ २६ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा बजेट पारित हुन नदिने चेतावनी दिएका छन् ।

आज पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले आफू सत्तापक्षकै भए पनि यही अवस्थामा भने बजेट पास हुन नदिने बताए ।

बजेट प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा धेरै छुट्याएको भन्दै बिरोध गरे । यो बजेट पक्षपाती भएको उनको टिप्पणी छ । बरु सरकार छाड्ने तर अन्याय नसहने उनको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस