एमालेमाथि भईरहेको आक्रमणलाई सरकारले नियन्त्रणमा नलिए संसद चल्न नदिने योगेशको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोशी प्रदेशमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुमाथि सांघातिक हमलाको निरन्तर प्रयास भईरहँदा पनि सरकार मुकदर्शक बनिरहेको आरोप लगाएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै एमाले सचिव योगेशकुमार भट्टराईले सत्तापक्षकै कार्यकताहरुले बिहीबार (हिजो) पनि कोशी प्रदेशका एमालेका संसदीय दलका उपनेता राम राना र उपसभामुख सृजना दनुवारमाथि हातपात गर्ने, गाडी जलाउने लगायतको प्रयास गर्दा पनि सरकार रमिते बनिरहेको आरोप लगाउँदै त्यसको जवाफ सरकारसँग माग गर्नु भयो । उहाँले सत्तापक्षकै कार्यकर्ताहरुले हाम्रो पार्टीका नेताहरुमाथि निरन्तर सांघातिक आक्रमण गर्दा पनि सरकार किन चुप लागेर बसिरहेको भनि प्रश्न समेत गर्नु भयो ।

उहाँले प्रदेशको नामाकरण गर्ने विषय प्रदेशकै अधिकार भएकाले त्यस विषयलाई लिएर किन एमालेमाथि आक्रमण भईरहेको भनि आक्रोश समेत व्यक्त गर्नु भयो । प्रदेशको राजधानीको नामाकरणको विषयलाई लिएर एमालेमाथि भईरहेको आक्रमणलाई सरकारले नियन्त्रणमा नलिने हो भने एमालेले संसद बैठक सूचारु हुन नदिने सचिव भट्टराईको चेतावनी थियो ।

उहाँले मुलुकलाई जातीय, धार्मिक र सम्प्रदायिक ढंगले बिभाजन गर्ने काम गरिएको भन्दै आफ्नो पार्टीलाई सैह्य नहुने बताउनु भयो ।
सचिव भट्टराईले एमालेलाई लखेटने प्रयास गरिएको जिकीर गर्दै त्यसको प्रतिवाद्ध गर्नुपर्ने अवस्था आउन नदिन सरकारलाई सचेत समेत गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस