स्वर्गद्धारीबाट फर्किएको जीप दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं । प्युठानमा स्वर्गद्धारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

लु १ च ६३४५ नम्बरको जीप आज दिउँसो स्वर्गद्धारी नगरपालिका ४ उपल्लो भिङ«ीमा सडकबाट तल खसेको थियो । चालक सहित ८ जना सवार जीप दुर्घटना हुँदा सवैको मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार चार जना बालबालिका, दुई महिला र दुई पुरुषको शव घटनास्थलमा भेटिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस