झापामा न्वरान भोज खाने २७ जना बिरामी अस्पताल भर्ना

झापाको मेचीनगर नगरपालिका ९ माथिल्लो मागुरमाडीमा एक घरमा न्वारानको भोज खाएका २७ जना विरामी भएर अस्पताल भर्ना भएका छन ।
स्थानीय गोविन्द श्रेष्ठकोमा न्वारानको भोज खाएका स्थानीयहरु गत सोमवार न्वरानको भोज खाएदेखि विरामी परेका छन । विरामी गाउँलेलाई हाल बिरामी भएपछि अस्पतालमा उपचार भइरहेको छ ।

मेचीनगर – ९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङले बताउँनुभयो ।

बिरामीहरुको स्थानीय मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ । भोजमा रहेको परिकारमा अखाद्य पदार्थ मिसावट हुँदा फुड पोइजनका कारण स्थानीयहरु बिरामी भएको हुनसक्ने अस्पतालले जनाएको छ ।

स्थानीयहरुमा बान्ता हुने, ज्वरो आउने तथा पखाला चल्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । हाल अस्पतालमा २७ जनाको उपचार भइरहेको छ ।

बिरामीहरुको उपचारका लागि नगरपालिकाको स्वास्थ्य शाखाले समन्वय गरिरहेको नगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताउँनुभयो । मेचीनगर स्वाथ्य शाखाले निःशुल्क औषधिको व्यवस्था गरेको जनाएको छ ।

गर्मी मौसमका कारण खानेकुराहरु लामो समय बाहिर राख्दा स्वास्थ्यमा समस्या भएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस