श्रीमानसँगै भारत गएकी निर्मलाले देहव्यापार गर्न नमानेपछि हत्या!

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० खमैराका कृपाराम रावल भारतको नैनितालमा काम गर्दै आएका थिए। उनकी छोरी निर्मला कक्षा १० मा हुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १४ का नरेश सेट्टी विवाहको प्रस्ताव ल्याएर आए। तर कृपारामले मानेनन्। छोरीको भन्दा उमेर बढी भएपछि रावलले विवाहको प्रस्ताव अस्वीकार गरेका हुन्।

घरका एक्ला छोरा नरेश भारतमा काम गर्दै आएका थिए। उनको उमेर अहिले ३३ वर्ष पुगेको छ। निर्मलाको उमेर २१ वर्ष मात्र थियो। छोरीको उमेर र शिक्षा कम भएको भन्दै कृपारामले विवाहको प्रस्ताव अस्वीकृत गरेका हुन। निर्मला एसईई पास भइन्। ११ मा पढ्न थालिन। ११ कक्षाको परिक्षा उतिर्ण हुँदा फेरि सेट्टी विवाहको प्रस्ताव ल्याएर आए।

दोस्रो पटक विवाहको लागि आएका सेट्टीलाई रावलले खाली हात पठाए। उनी भारतमा नै काम गर्दै थिए। कृपारामकी छोरी निर्मलाको कक्षा १२ अर्थात माध्यामिक शिक्षाको अध्ययन सकियो। रावलले छोरीलाई उच्च शिक्षाका लागि काठमाण्डौ पठाउने सोच बनाएका थिए।

घरमा रहेकी छोरीलाई उच्च शिक्षाको योजना बनाउन भन्दै थिए। तर निर्मला र नरेशको बिचमा कुराकानी हुने गरेको विषयमा कृपारामलाई जानकारी थिएन्। निर्मलाले नरेशसँग बिहे गर्न चाहेको दिदीमार्फत बुवालाई भनिन्। दुई पटकसम्म बिहेका लागि तयार नभएका कृपाराम तेस्रो पटक तयार भए। उनी खमौरा आए।छोरीको विवाह गर्न तयार भए। गत माघ १५ गते छोरीको धुमधामका साथ विवाह भयो। विवाहमा चानचुन २० लाख खर्च भयो।

कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका नरेश रावल भारतमा बस्दै आएका थिए। तर कृपारामको परिवारलाई छोरीको श्रीमानको कामको बारेमा जानकारी थिएन। लामो समयदेखि भारतमा बस्दै आएका नरेश घरका एक्ला छोरा थिए। आफन्तहरुले छोरीले सुख पाउने भनेपछि कृपारामले नरेशसँग विवाह गराएका हुन्। माघ १५ गते विधिअनुसार विवाह गरेका नरेश र निर्मला १८ गते भारत जान तयार भए। तर कृपारामले उनीहरुलाई मात्र जान दिएनन्।

भारतको बरेलिसम्म छोरीलाई आफैसँग लिए। भारतको बरेलीबाट छोरी निर्मला श्रीमानसँग गइन। कृपाराम भारतकै नैनिताल लागे। छोरी र बुवा भारतमै थिए। तर स्थान फरक थियो। सुरुवाती महिनाहरुमा बुवा र छोरी बिचमा फोनमा कुराकानी हुने गरेको थियो। छोरीले २ महिनापछि नरेशसँग बस्न नसक्ने कुरा बनाएपछि कृपाराम रिसाए। कृपारामलाई छोरीको घरबार बिग्रिने चिन्ता थियो। उनी छोरीलाई आफ्नो घरबार राम्रो बनाउन सुझाव दिदै थिए। तर छोरी निर्मलाले पछि कुरै गर्न छोडिन्।

कृपाराम पनि काममा व्यस्त थिए। छोरीको हालखबर बुझ्न पाएनन्। छोरीसँग कृपारामको नियमित कुरा हुन छोड्यो। छोरीका श्रीमासँग एक पटक पनि कुरा भएन्। भारतको मुम्बईमा बस्दै आएकी छोरीले दिदीसँग श्रीमानले परिवारसँग मिलेर मार्न लागेको भनिन्। जेठ ३१ गते बिहान साढे ११ बजे निर्मलाले आफ्नो दिदीलाई फोन गरेर समस्यामा रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस