एमबीए गरेका द्वारिका मिश्र सुन्दरबजारमा अटाे चलाउँदै, भन्छन् काम गरेर खान के काे लाज ?

सुन्दरबजार । काम ठूलाे र सानाे हुँदैन । काम गर्न लाज मान्न पनि हुन्न, कसैलाइ ठग्नु, चाेर्नु पाे भएन, काम गरेर खान के काे लाज ?

यी भनाइ हुन्, लमजुङकाे सुन्दरबजारका समाजसेवी द्वारिकाप्रसाद मिश्रका । बुधबार सुन्दरबजारकाे मिलनचाेक भन्दा केही पर लक्ष्मीनारायण मन्दिर नजिकैकाे एउटा ग्यारेजमा भेटिएका मिश्रले यस पंक्तिकारसंग भनेका थिए, “म त टेम्पाे सिक्न लागेकाे । काम भएन, काम नभएपछि कमाइ पनि भएन । टेम्पाे चलाउनु पर्याे, यसै हात बाँधेर किन बस्नु ? काम गरे पाे माम पाइन्छ । जसले जेसुकै भनुन् । अाज बजार बाहिर हात बसाउन जानु छ । पहिला सिक्नु पर्याे, हात बसेपछि चलाउँछु ।”

मिश्रले यसाे भनिरहँदा मलाइ उनले साँच्चिकै टेम्पाे चलाउलान भन्ने लागेकाे थिएन । तर नभन्दै शुक्रबार मिश्र टेम्पाे लिएर सुन्दरबजारकाे सडकमा निस्केका छन् । उनले सामाजिक सञ्जालमा समेत टेम्पाे चलाउँदै गरेकाे तस्वीरसमेत सार्वजनिक गरेका छन् ।

सुन्दरबजार क्षेत्रमा समाजसेवा र राजनीतिकाे क्षेत्रमा द्वारिकाकाे राम्राे छवि छ । उनी ब्यवसायीसमेत हुन् । प्रष्ट वक्ता, कसैलाइ नराम्राे नचिताउने, सबैलाइ सकेकाे सहयाेग गर्ने उनी उतिकै लाेकप्रिय समेत छन् ।

विगतमा नेपाली कांग्रेसकाे सुन्दरबजार नगर कार्यसमितिकाे सभापति भइसकेका मिश्र २०७४ काे स्थानीय निर्वाचनमा मेयर उमेदवार बन्न चाहन्थे । तर पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेदवार बने । उनले सम्मानजनक मत ल्याए तर जीतका लागि पर्यप्त भएन । कांग्रेस उमेदवार बद्रीमान श्रेष्ठलाइ पराजित गर्न काफी भयाे, एमालेका उमेदवार जनकराज मिश्र मेयर पदमा निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस