पाकिस्तानी युवती र भारतीय युवकबीचको ‘प्रेम चर्चा’ मा कसरी तानियो नेपाल

पाकिस्तानी युवती सीमा गुलाम हैदर र भारतीय युवक सचिन मीणाबीचको प्रेम सम्बन्ध छिमेकी भारतमा चर्चित बनेको छ।

आफूहरूबीच इन्टरनेटमा पब्जी खेल्दाखेल्दै प्रेम सम्बन्ध गाँसिएको उनीहरूले बताएका छन्।

उनीहरूबीच पहिलो भेट भने नेपालमा भएको थियो। त्यसैले भारत र पाकिस्तानमा चर्चामा रहेको ती दुई बीचको प्रेम प्रसङ्गमा नेपाल पनि जोडिन पुगेको हो।

नेपाली अधिकारीहरूले सीमा दुई पटक नेपाल आएको पुष्टि गरेका छन्। उनीहरूका अनुसार पहिलो पटक आएर सीमा पाकिस्तान फर्किएको तर दोस्रो पटक नेपाल भित्रिएको मात्र देखिन्छ।

कतिपय भारतीय सुरक्षा मामिला विज्ञहरूले पाकिस्तानी युवती नेपाल हुँदै भिसा (प्रवेशाज्ञा) नलिई भारत पुग्न सफल भएको विषयलाई लिएर सुरक्षा चिन्तासँग समेत जोडेर हेरेको पाइएको छ।

भारत-पाकिस्तान विभाजनको ७० वर्ष: तिक्ततापूर्ण इतिहास

भारत-पाकिस्तान विभाजनपछि भएका महत्त्वपूर्ण घटनाहरू

भारतीय प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेपछि सीमा गुलाम हैदर प्रवेशाज्ञाबिना भारत पुगेको खुलेको हो।

पहिलो भेट नेपालमा, दोस्रो पटक बसबाट भारत

नेपालका अध्यागमन अधिकारीहरूका अनुसार सीमा पहिलो पटक २०७९ साल फागुन २६ गते अर्थात् २०२३ मार्च १० तारिखमा नेपाल विमानबाट आएकी थिइन्।

पब्जी खेल्दाखेल्दै आफूहरूले प्रेम सम्बन्ध गाँसेको उनले भारतीय प्रहरी र संवाददातालाई बताएकी छन्।

प्रतिक्रिया दिनुहोस