बासी भात खान दिएको निहुँमा, काठको मुंग्रोले टाउकोमा बजारेर आमाको हत्या

जनकपुर। बासी भात खान दिएको निहुमा धनुषामा एक युवकले सौतेनी आमाको हत्या गरेको घटना सार्वजनिक भएको छ । हाल धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ शिवनगर पथराईका अशोक जैसवालको घरमा डेरा गरी बस्दै आएका भारत बिहारको बेतिया नरकटियागंज थाना केयुनियाका राजु भगतका २० वर्षीया छोरा प्रेम भगतले सौतेनी आमाको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रेमले आफ्नी कान्छी आमा ३९ वर्षकी मिरा देवी भगतको काठको मुंग्रो टाउकोमा बजारेर हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । उनका अनुसार शनिबार दिउँसो बासीभात खाने विषयमा बिबाद भएको थियो । आवेशमा प्रेमले काठको मुंग्रो पछाडिबाटै सौतेनी आमाको टाउकोमा प्रहार गरेका थिए ।

घटना स्थलमै मृत्यु भएपछि उनले घटनालाई ढाकछोप गन शवलाई जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रेम आफना बुवा संगै बसेर राजमिस्त्रीको काम गर्दै आएका छन् ।

‘बासीभात खान्न बरु होटलमा खान्छु’ भनेपछि आमाले बुवाको नाम लिएर तथानाम गाली गरेपछि आफुले धक्का दिँदा आमा लडेको र काठको चिरपटले हान्न खोजेपछि आफू खोसेर पिठयुमा हान्न खोजेपनि टाँउमा लागेर आमाको मृत्यु भएको प्रहरीको बयानमा प्रेमले अपाराध स्वीकार गरेको एसपी खड्काको भनाइ छ ।

मृतक मिरा राजु भगतका कान्छी श्रीमती हुन् । मिराको पहिलाकै श्रीमानबाट पनि २ छोरी र १ छोरा छन् । मृतक मिराको यो दोश्रो विवाह हो र उनको हाल राजु भगतबाट एक दुई महिनाको छोरा छन्।

करिव ८ महिना पहिला राजु भगतले आफ्नो जेठी श्रीमति पक्षको छोरा प्रेमलाई समेत नेपालमा ल्याई राजमिस्त्री काममा लगाएका थिए । सौतेनी आमा र छोराको बेला बेला झैझग्डा हुने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरेका युवक र जल्न बाँकी कपडासहितका वस्तुसहित प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस