सारुक आत्महत्या प्रकरणः सामाजिक संजाल गर्मिदै, मलिनाले गरिन् छानबिनको माग

९ दिन अगाडि आफ्नै निवासमा मृत अवस्थामा भेटिएका नायक सारुक ताम्राकारको निधनको बिषयमा सामाजिक संजाल गर्मिएको छ । सामाजिक संजालमा सारुकले आत्महत्या नगरेको भई उनलाई आत्महत्या गर्न दुरुत्साहित गरिएको भन्दै आवाज उठिरहेको छ । 

सामाजिक संजालमा सारुकको आत्महत्या प्रकरणलाई जोडेर एक जना नायिकाको नाम सर्वाधिक धेरै लिइएको छ । जसकाकारण, आम मानिसको ध्यान समेत तानिएको छ । यसैबिच, नायिका मलिना जोशीले समेत सारुक आत्महत्या प्रकरणमा उचित छानबिन आवश्यक रहेको उल्लेख गरेकी छिन् । 

उनले लेखेको स्टाटसमध्ये विशेषगरि, ‘सारुकले आफ्ना नजिकका महिला साथीहरुसँगको सम्बन्ध किन तोड्यो ?’ भन्ने प्रश्न महत्वपूर्ण छ । बिहिबार इन्स्टाग्राममा स्टोरी राख्दै मलिनाले लेखेकी छिन्–‘उसलाई के हुन सक्थ्यो र ? के कारणले उसले यो निर्णय लिन वाध्य भयो ? उसको अन्तिम दिनमा उसँग को–को थिए ? के भएको  थियो अन्तिम कुराकानीमा ? उसको अन्तिम कल कोसँग थियो ?’

मलिनाले प्रश्न उठाउँदै लेखेकी छिन्–‘उसले आफ्ना नजिकका महिला साथीहरुसँग सम्बन्ध किन तोड्यो ? के उमाथि नराम्रो व्यवहार भएको थियो ? के उमाथि दुव्र्यवहार भएको थियो ? के उसलाई अपमानित गरिएको थियो ?’

मलिना जोशीले उचित छानबिनको माग गर्दै यो रहस्य सबैले जान्न पाउनुपर्ने पनि लेखेकी छिन् । मलिनाको यो स्टोरीलाई नायिका स्वस्तिमा खड्काले समेत आफ्नो सामाजिक संजालमा शेयर गरेको देख्न सकिन्छ । 

सामाजिक संजालमा एक नायिकाको नाम बारम्बार आउनु र नायिकाहरुले समेत यो बिषयमा गम्भिर कुरा उठाउनुले सारुक आत्महत्या प्रकरणमा प्रहरीले गम्भिर छानबिन गर्नुपर्ने देखिएको छ । 
 

प्रतिक्रिया दिनुहोस