पोखरामा २८ तोला सुन सहित एक महिला पक्राउ

साउन २५ पोखरा । पोखरामा २८ तोला सुन सहित एक जना महिला पक्राउ परेकी छन्। बिहीबार बिहान साढे ७ बजे पोखरा बसपार्कबाट एक जना महिलालाई सुनसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरूङ छन्। उनी काठमाडौंबाट ग १ ख ९९४४ नम्बरको बसमा पोखरा गएकी थिइन्।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट डिएसपी जोशीको कमान्डमा टोली खटिएको थियो। गुरूङले छातीमा सेतो टेपले बेरेर ब्राभित्र सुन लुकाएर राखेकी थिइन्। २८० ग्राम २८ मिलिग्रामको सुन रहेको प्रहरीले जनाएको छ। उनलाई कसैले पैसा दिएर पोखरा सुन लान अह्राएको खुलाएको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस