विदेशमा रहेका श्रीमानलाई मृत सावित गराई सम्पत्ती विक्री गरेर श्रीमति फरार

पर्सा- वैदेशिक रोजागारीमा रहेका श्रीमानलाई मृत सावित गरी उनको नाममा रहेको करडौं मूल्य पर्ने जग्गा विक्री गरी श्रीमती फरार भएकी छन् । झुठा प्रमाणका आधारमा वीरगन्ज महानगरपालिका वडा नं. २ छपकैया निवासी भोला पासीलाई उनकै श्रीमति देवी पासिले मृत सावित गरी उनको नाममा रहेको ५ कित्ता जग्गा विक्री गरी फरार भएकी हुन् ।

एक छोरा र एक छोरीकी आमा सिता देवीले आफ्नो नाममा रहेको सम्पत्ती विक्री गरी फरार भएपछि ७० वर्षीय वृद्ध आमाको हेरचार गर्ने समेत कोही नभएको भोलाको भनाई छ । उहाँ परिवारको भरणपोषणका लागि विगत दश वर्षदेखी भारतको कोलकत्तामा रहँदै आउनु भएको छ । श्रीमतीले आफूलाई मृत सावित गरी जग्गा विक्री गरी बच्चासमेत लिएर अन्य युवकसँग भागेको जानकारी पाएपछि आफू वीरगन्ज फर्किएको बताउनुभयो ।

श्रीमान रोजगारीका सिलसिलामा भारतको कोलकत्तामा बस्दै आएको मौका छोपी ४६ वर्षीय सिता देवीले आफ्नो पुरुष मित्रको सहयोगमा २०७५ भदौं ५ गते घरमै मृत्यु भएको झुठा प्रमाण देखाई २०७८ बैशाख १५ गते मृत्यु दर्ता प्रमाणपत्र हासिल गरेको र सो पछि श्रीमानको नाममा रहेको जग्गा विक्री गरी आफ्नो पुरुष मित्रसँग फरार भएको भोलाकी भान्जाबुहारी तारादेवी पासिले जानकारी दिनुभयो ।

उहाँले जिउँदै रहेको ससुरालाई कागजमा मृत सावित गरी सम्पत्ती विक्री गरी भाग्ने सिता देवी र सो कार्यमा सघाउने सबैलाई कानुन बमोजिम कारबाही गर्न सरकारलाई आग्रह गर्नुभयो ।

सिता देवीले हासिल गरेको मृत्यु दर्ता प्रमाणपत्र दिनमा तत्कालिन वडा सचिव वा अन्य कर्मचारीको कुनै दोष नभएको वीरगन्ज महानगरपालिका पंजिकरण शाखाकी प्रमुख वुद्धीमया गुरुङ्ले दावी गर्नु भयो । उहाँले सितादेवीले भोलासँगको विवाह दर्ता, नेपालको नागरिकता लगायतका आवश्यक सबै कागजात पेश गरेपछि मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस