अन्तर्राष्ट्रिय हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज; केरा, स्याउ, उखु, खर्बुजा र चनाको खुराक

चितवन- १२ औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा चितवनको सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको प्राङ्गढमा वनभोज खुवाइएको हो ।

हात्ती दिवसको अवसरमा हरेक वर्ष हात्तीलाई फलफूल, सखर, सहितको भोजन खुवाइने गरिन्छ । सौराहामा निजीस्तरमा सञ्चालित तथा सरकारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्तीलाई वनभोज खुवाइएको हो ।

हात्तीलाई पौष्टिक आहारको रुपमा केरा, स्याउ, उखु, खर्बुजा, चना खुवाइएको थियो । कार्यक्रममा सहभागीहरुले हात्तीलाई लोप हुनबाट बचाउन यसको आवश्यकता महसुस गरी संरक्षणमा नीतिगत व्यवस्था गर्नुपर्ने बताएका थिए ।

नेपालमा जंगली तथा घरपालुवा गरी करिब ५ सय हात्ती रहेको तथ्याङ्क छ । सन २०१२ देखि क्यानडाबाट हात्ती दिवस मनाउन सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस