कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ ।

सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उनका अनुसार बिहान ४ बजे नदीमा पानीको बहाव ४ लाख ६२ हजार क्युसेक पुगेको थियो । अहिले भने पानीको बहाव बिस्तारै घट्न थालेको छ ।

 बिहान सात बजेको मापनअनुसार ४ लाख ४० हजार क्युसेकमा झरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् । सप्तकोशीमा १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ।

 ‘अहिले धेरै जोखिम छैन, हामी स्थलगत अवलोकनमै बिहानैदेखि खटिएका छौँ । सम्भावित जोखिम कम गर्न उच्च अलर्ट बस्न आग्रह गरेका छौँ’ उनले भनिन् । कोशी ब्यारेजमा अहिले आवतजावत बन्द गरिएको छ । त्यस आसपासका क्षेत्रमा सावधानी अपनाउनु आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस