सप्तरीको विभिन्न स्थानबाट प्रहरीले अवैध सामानहरु बरामद

सप्तरीको विभिन्न स्थानबाट प्रहरीले अवैध सामानहरु बरामद गरेको छ ।सशस्त्र प्रहरी बलले छिन्नमस्ता गाउँपालिका २ मोहनपुरको नाकाबाट प्रतिगोटा ९ हजार ५ सय मुल्य पर्ने एक सय वटा पोर्टेबल वाकिटकी हातेफोन बरामत गरेको हो ।
भारतबाट टाउकोमा बोकेर नेपाल ल्याउँदै गर्दा एक र्काटुन वाकीटकी फोन छोडेर भरियाहरु फरार भए पछि वाकिटकि हातेफोन नियन्त्रणमा लिएको हो ।ति सामानहरुको भन्सार तिर्ने हो भने मूल्य ९ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने जनाएको छ ।

त्यसैगरि छिन्नमस्ता गाउँपालिका ३ गोबिन्दपरको नाकाबाट भारतबाट नेपाल तर्फ ल्याउँदै गरेकोेतीन बोरा मैदा बरामद गरेको छ ।बलान विहुल गाउँपालिका बेल्हीको नाकाबाट २ लाख २५ हजार मूल्य बराबरमा मोटरसाईकल र प्रिन्टर मेसिन बरामद गरेको सशस्त्र प्रहरी बलले जानकारी गराएको छ ।

बीओपी बेल्हीबाट खटिएको पैदल गस्तीको टोलीले भारतबाट बी आर ०७ डब्ल्यू ०४८७ नम्बरको मोटरसाइकलमा अवैधर रुपमा ल्याउँदै गरेको प्रन्टर मेसिन बरामद गरेको छ ।
नेपाल भारत खुला सिमाना भएकोले गर्दा सिमानासँग जोडीएका तराईका जिल्लाहरुमा अवैध रुपमा धेरै सामानहरुको ओसारपसार हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस