स्याङ्जाको टक्सारमा ‘प्रथम माछापुच्छ्रे कप २०८०’ हुने खुल्ला भलिबल र छेलो प्रतियोगिता

असोज १७
स्याङ्जाको पुतलीबजार नगरपालिका ६ टक्सारमा प्रथम खुल्ला भलिवल र छेलो प्रतियोगिता २०८० आयोजना गरिने भएको छ ।
समाजका लागी युवा, युवाका लागी खेलकुद भन्ने मुल नाराका साथ माछापुच्छ्रे युवा क्लवले खुल्ला भलिवल र छेलो प्रतियोगिता आयोजना गर्न लागेको क्लवका अध्यक्ष विजय गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्लवले विजया दशमीको अवसरमा माछापुच्छ्रे युवा क्लवले प्रथम माछापुच्छ्रे कप २०८० आयोजना गर्न लागेको हो । खेल कार्तिक १ गते देखि ३ गते सम्म संञ्चालन हुने छ । भलिबल प्रतियोगिता तर्फ प्रथम हुने टोलीलाई रु ५०००० हजार पुरस्कार प्रदान गरिने छ । त्यसैगरी, दोस्रो हुने टोलीलाई रु ३०००० र उत्कृष्ट खेलाडीलाई रु ३००० हजार पुरस्कार प्रदान गरिने छ।

तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न जिल्लाका टोली तथा खेलाडीहरु सहभागी हुने कार्यक्रम संयोजक राजेश च्वाई ले बताएका छन। यस्तै छेलो तर्फ प्रथम हुने टिमलाई ५००० सहित मेडल तथा प्रमाणपत्र द्वितियलाई ३००० सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

खेलकुदको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पर्ने र परिर्वतनका लागि सहयोग पुग्ने अपेक्षाका साथ भलिबल प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक राजेश च्वाई ले जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस