विदेशबाट नेपाल आउने यात्रुले के ल्याउन पाउने के ल्याउन नपाउने जान्नु होस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयले विदेशबाट आउने यात्रु तथा विदेशमा बस्ने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसंगै ल्याउँदा तथा कार्गोमार्फत आफ्ना परिवारलाई पठाउँदा इमरजेन्सी लाइट, पावर ब्याकअप, आइरन, हेयर ड्रायर, मिक्सर र पानी तान्ने मेशिनसमेत पठाउने गरेकाले त्यस्ता सामान नल्यायन र नपठाउन भनेको छ । भन्सार कार्यालयले त्यस्ता सामानहरु एक्स रे मेशिनमा हेर्दा शंकास्पद देखिने र जाँचपासका क्रममा ब्याग खोलर, फुटाएर चेकजाँच गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको उल्लेख गरेको छ । त्यस्ता सामान बाट सेवाग्राहीलाई धेरै क्षति पनि पुगेका कार्यलयले सूचनामा उल्लेख गरेको छ ।
तर भन्सार कार्यालयलको यो निर्णप्रति सर्वसाधरण सेवाग्राहिले भने आपत्ति जनाएकाछन् । भन्सारबाट पास भएर बाहिरी रहेको सुनमा कडाई नगरेर सो सामानमा कडाई गर्दा सर्वसाधरणलाई दूःख दिने कार्य गरेको अधिकांहको गुनासो छ ।
यसअघि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउँदा ल्याउन पाउने सामानको बारेमा सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै गरेको थियो जस्मा विदेशबाट नेपाल फर्कने यात्रुले साथमा ल्याउन मिल्ने सामानको बारेमा जानकारी गराएको थियो। भन्सार कार्यालयले जारी गरेको विज्ञप्तिमा निश्चित परिमाणमा सुनका गहना, मोबाइल तथा टेलिभिजन ल्याउन पाउँने जनाएको छ । कार्यालयका अनुसार घर फर्कँदा महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम सुनको गहनामा भन्सार नतिरी ल्याउन छुट दिइएको छ । यस्तै, एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर ल्याउन पाउने व्यवस्था छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नदिने कानुनी व्यवस्था रहेको छ ।

यसैगरी मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था छ । थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नपर्छ ।

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरेको र सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन भन्सार नतिरी ल्याउन पाउने व्यवस्था छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको छ ।

यसैगरी ५ हजार अमेरिकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था छ ।
कार्यालयले दसैँ, तिहार तथा छठमा विदेशबाट आउने यात्रुले आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएका सामान मात्रै ल्याउन अनुरोध गरेको छ । कानुनले छुट दिएका बाहेकका सामान ल्याउँदै नल्याउन कार्यालयले वैदेशिक रोजगारीमा गएकाहरूलाई अनुरोध गरेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीबाट नेपाल फर्कँदा अपरिचित व्यक्तिले विभिन्न सामान प्रलोभनमा पठाउने गरेको पाइएको भन्दै कार्यालयले त्यसप्रति सचेत रहन पनि आग्रह गरेको छ ।
यात्रुहरूले कानुनी व्यवस्था विपरीत सामान ल्याएमा माल वस्तु जफत हुने र सोको दोब्बर मूल्य बराबर जरिवाना तथा कैद सजाय समेत हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस