नयाँ रेकर्ड :सुनको मूल्य बढ्यो, हेर्नुहोस् यस्तो छ आजको सुन-चाँदीको भाउ…

सुनको मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला मङ्गलवार एक लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

सोमवार छापावाल सुन प्रतितोला एक लाख १७ हजार चार सय र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य मङ्गलवार प्रतितोला एक हजार पाँच सय रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस