मौलाकाली माताको दर्शन गर्दै २०७७ साल असार १४ गते आइतबारको राशिफल पढ्नुहोस

मेष : सतर्क रहनुहोला अन्यथा आर्थिक हानिको साथै स्वस्थ्यमा समस्या देखा पर्न सक्नेछ । शत्रुको कारण महत्वपूर्ण काममा समस्या देखापर्ने छ । पेट वा आखाँमा समस्या देखापर्न सक्नेछ ।

वृषः सामान्य प्रयास गर्दा पनि धेरै प्रतिफल प्राप्त गर्न सक्ने समय छ । विदेश क्षेत्रवाट लाभ लिन सकिनेछ । गरेको काममा प्रशंशा प्राप्त हुने देखिन्छ । शत्रु परास्त हुनेछन् ।

मिथुनः अचल सम्पत्ति किनबेच गर्नु पूर्व धेरै सोच्नुहोला अन्यथा धनमा हानि हुनेछ । दुर्घटनाको सम्भावना छ । घर परिवारमा रमाइलो वातावरण बन्नेछ ।

कर्कटः समय राम्रो छ । जागिर वा व्यपार व्यवसाय बाट राम्रो लाभ लिन सक्नुहुनेछ । पराक्रम वढ्नुका साथै नयाँ काम हात पर्न सक्नुहुने छ । साथीभाइ सँगको भेटले मन रमाउने छ ।

सिंह : स्वास्थ्यमा देखापरेको समस्या कम भएर जानेछ । लगानि गरेको क्षेत्रबाट राम्रो लाभ लिन सक्नुहुनेछ । बोलीको प्रभाव राम्रो हुनुका साथै साथिभाइको सहयोगले काम बन्नेछन् ।

कन्याः व्यक्तिवको प्रभाव राम्रो हुनेछ । जागिर वा व्यपारिक क्षेत्रमा प्रशंशाको पात्र बन्नुहुनेछ । मान सम्मानमा वृद्धि भएर जानेछ । तथा धन लाभको समय छ । अचल सम्पत्ति किनबेच हुन सक्छ ।

तुला : वैदेशिक क्षेत्रबाट लाभ प्राप्त हुने देखिन्छ । नयाँ कामको अवसर प्राप्त हुनेछ भने साथिभाइले धोका दिन सक्नेछन् महत्वपूर्ण काममा सतर्क रहनु होला ।

वृश्चिक : धेरै समयबाट रोकिएको काम बनेर जानुका साथै लगानिको अवसर प्राप्तहुनेछ । नयाँ जागिरको साथै जागिरमा पदोन्नतीको सम्भावना देखिन्छ ।

धनुः काममा प्रशंशा पाउनुहुने छ । तर यात्रा गर्नु पूव धेरै सोच विचार गर्नु होला अन्यथा झमेलामा फस्नुपर्ने हुन सक्नेछ । घर परिवाको सुख प्राप्त हुनुका साथै मांगलिक कार्यको सम्भावना छ ।

मकर : दाम्पत्य जीवनको सुख आनन्द प्राप्त हुन सक्नेछ । रोजगार वाट राम्रो आम्दानी गर्न सक्नुहुनेछ । पाटनर सँगको काम बाट भने राम्रो लाभ प्राप्त हुने देखिन्छ ।

कुम्भ : अध्यन क्षेत्रमा सुधार भएर जानुका साथै वुद्दिको कारण महवपुर्ण काम वन्नेछ । नँया नँया आम्दानीका स्रोत फेला पर्नुका साथै धन वृद्धिहुने देखिन्छ ।

मीन : भाग्यमानी बन्नु हुनेछ । राकिएको काम वन्नुका साथै नयाँ अवसर प्राप्त हुन सक्छ । लगानि गर्ने अवसर प्राप्त हुनेछ । पिताजीसँगको सम्बन्धमा राम्रो भएर जानेछ ।

प्रतिक्रिया दिनुहोस