काठमाडौं । बिहिबार अमेरिकी डलर र युके पाउण्डसहित अन्य देशको विनिमयदर बढेका छ ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ तोकिएको छ ।
त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ७३ पैसा तोकिएको छ।
त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४१ पैसा तोकिएको छ । त्यस्तै कोरियन एक सयको खरिददर १० रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ८८ पैसा तोकिएको छ ।