काठमाडौँ । धेरैजसो महिलामा कपाल झर्ने समस्या हुन्छ भने कतिलाई कपाल लामो नहुने समस्याले पिरोलेको हुन्छ। कपाल निकै कम मात्रामा बढ्ने वा बढ्दै नबढ्ने समस्याका कारण धेरै हुन सक्छन्।जसमध्ये प्रदूषण, अस्वस्थ जीवनशैली, खाना सम्बन्धित नराम्रो बानी र शारीरिक गतिविधि आदि हुन सक्छ। केही सरल घरेलु उपाय अपनाएर कपाललाई लामो र स्वस्थ बनाउन सकिन्छ।
ती उपायहरू यसप्रकार छन्ः
आलुको रसः कपालको लागि ताजा आलुको रस तयार पार्नुभन्दा आलुको बोक्रा तासेपछि आलुलाई मसिनो टुक्रामा काटी ब्लेन्डरमा मिक्स गर्नुपर्छ ।यसरी तयार भएको पेस्ट अलि बाक्लो भयो भने त्यसमा पानी पनि मिसाउन सकिन्छ । आलुको रस र आलुको टुक्रालाई छुट्याउन मलमलको कपडामा राखेर छान्नुपर्छ ।यसरी छानेर आएको रसलाई कपालमा लगाउन सकिन्छ । तर होस गर्नुपर्ने कुरा के हो भने हरेक पटक प्रयोग गर्न आलुको ताजा रस नै चाहिन्छ ।
कपाललाई लामो र बाक्लो बनाउन आलुको रसलाई विस्तारै कपालको जरासम्म पुर्याउन मालिस गर्दै लगाउने र बचेको रसलाई कपालमा लगाउनु पर्छ । त्यसपछि सावर क्यापले कपाल छोप्नुपर्छ ।२० देखि २५ मिनेटपछि कपाललाई सफा पानीले धुनुपर्छ । कपाल लामो बनाउन यो प्रक्रियालाई सातामा एक पटक गर्नु आवश्यक हुन्छ । यस प्रक्रियाले कपाललाई बढाउनुका साथै चमकदार पनि बनाउँछ ।
यो उपाय अपनाउँदा कपालमा प्याज लगाए जस्तो नराम्रो गन्ध पनि आउँदैन । त्यसका लागि सफा पानिले राम्ररी धुनुपर्छ ।
आलुको रस, मह र अन्डाको मास्कः आलुको रसको प्रयोगले हेयर मास्क पनि बनाउन सकिन्छ । यसका लागि आलुको रसमा थोरै मह र अन्डा मिसाएर बनाउन सकिन्छ । यस प्याकले कपालको जरामा मसाज गर्नु पर्छ ।
यसोगर्दा कपालको जरामा विशेष ध्यान दिनुपर्छ । किनभने यसले जरालाई सक्रिय बनाई कपालको वृद्धिमा मद्दत पुर्याउँछ। यस मास्कलाई कमसेकम ३० मिनेटसम्म कपालमा राखेर राम्रोसँग पखाल्नुपर्छ।यो कपाल बढाउने प्राकृतिक तरिका भएकाले यसले कपाललाई कुनै नराम्रो असर गर्दैन । कपाललाई आवश्यक पर्ने चिसोपना प्रदान गर्ने हुनाले जरासम्म पोषण प्रदान गर्न यस मास्कले मद्दत गर्छ।
आलुको रसको फाइदा :यसले कपाल वृद्धि हुन सहयोग पुर्याउँछ।स्कपालमा चमक ल्याउन आलुको रसले मदत गर्छ।स्मह र अन्डा मिसाएर लगाउँदा यसले कपालमा राम्रो कन्डिसनर काम गर्छ।स्कपालको जरालाई सफा राख्छ।स्जरा स्वस्थ बनाउन पनि आलुको रसले सहयोग गर्छ।