निक जोनससँग विवाह गरेपछि अमेरिकामा नै बस्दै आएकी प्रियंकादे दिइन आफ्ना फ्यानका लागि खुशीको खबर

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री हुन् प्रियंका चोपडा । बलिउडदेखि हलिउडसम्म चर्चामा आइरहेकी प्रियंकाले हालै न्यूयोर्कमा एक व्यवसाय शुरु गरेकी छिन् । उनले न्यूयोर्कमा रेस्टुरेन्ट शुरुवात गरेकी छिन् । प्रियंका अमेरिकी गायक निक जोनससँग विवाह गरेपछि अमेरिकामा नै छिन् ।

आफुले न्यूयोर्कमा रेस्टुरेन्ट शुरु गरेको बारे प्रियंकाले सामाजिक सञ्जालमार्फत पनि जानकारी गराएकी छिन् । उनले शुरु गरेको नयाँ व्यवसायको नाम ‘सोना’ राखेकी छिन् । सौर्य दैनिकमा खबर छ । उनले यही महिनाको अन्तिमसम्ममा रेस्टुरेन्ट सञ्चालनमा ल्याउने बताएकी छिन् । उनले आफ्नो रेस्टुरेन्टमा भारतीय खानाको स्वाद पाइने पनि बताएकी छिन् ।

यो पनि पढ्नुहोस्:‘रेष्ट रुम’ स्थापनाबाट छात्राको चारदिने तनाव अन्त्य-–मनोज दाहाल महिनामा चार दिन तनाव व्यहोरिरहेका छात्रा ‘रेष्ट रुम ’स्थापनाले यसबाट छुटकारा पाएकी छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–८ स्थित सालबन्दीस्थित जनक माध्यमिक विद्यालयका छात्राका लागि अलग्गै ‘रेष्ट रुम’ स्थापना भएपछि उनीहरु सो पीडाबाट मुक्त भएका हुन् ।

विद्यालयले ‘महिनावारी कुनै समस्या होइन, यो त प्राकृतिक प्रक्रिया मात्र हो’ भन्ने नाराका साथ रेष्ट रुमको स्थापना गरेर छात्राको विद्यालय नआउने समस्याको अन्त्य गरेको हो । विद्यालयले महिनावारी हुँदा छात्रालाई पेट दुख्ने र सेनेटरी प्याडको समस्यालाई समाधान गर्नका लागि विसं २०७५ देखि सो रुमको स्थापना गरी सञ्चालनमा ल्याएको छ । रेष्ट रुममा निःशुल्क प्याड उपलब्ध गराउँदै आएको छ । विद्यालयका छात्राले महिनावारी हुँदा धेरै कष्ट हुनुका साथै आफ्नो समस्या उजागर गर्न गाह्रो हुनाले अध्ययनका लागि नआउने गरेको बताएका छन् ।

छात्रा रामकुमारी मगरले निःशुल्क प्याडलगायत आराम गर्न उपलब्ध गराइएको रुमका कारण अहिले सधै विद्यालय आउने गरेको धारणा राखिन् । यस्तै अर्का छात्रा निर्मलाकुमारी दाहालले आफूलाई परेको समस्या शिक्षिकालाई भन्न सहज भएको र कपडाको सट्टा सफा प्याडले जोखिमलाई न्यूनीकरण गरेको विचार व्यक्त गर्नुभयो । नगरपालिका, दातृ संस्थाको सहयोगमा उपलब्ध औषधिलगायत प्याड छात्राको अध्ययनमा हुने बाधालाई अन्त्य गर्न वितरण गरिएको प्रधानाध्यापक तेजप्रसाद भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस