बिहिबार नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ आज बिहिबार सामान्य घटेको छ । तोलामा २ सय रुपैयाँले घटेर सुनको भाउ आज ९१ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा ३ सय रुपैयाँ घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

हाम्रै बारीमा फल्ने भिन्डीबाट यसरी स्वादिष्ट अचार बनाउनुहोस !
भिन्डी स्वाद र स्वास्थ दुबैको लागी उपयोगी तरकारी हो । यसबाट धेरै परिकार बनाउन सकिन्छ । भन्डिीबाट अचार पनि बनाउन सकिन्छ । यो अती नै मिठो हुन्छ । भिन्डीको अचार बनाउन यस्ता सामग्री हालिन्छ। भिन्डी १ किलो, हरियो खुर्सानी १ सय ग्राम, ज्यामिर अथवा कागती एउटा, तिलको छोप २ सय ग्राम, तेल १ सय मिलिलिटर, जिरा, हिङ, मेथी एवं नुन स्वादअनुसार राख्ने । भिन्डीलाई दुई इन्चको लाम्चो टुक्रा पारेर चिर्ने ।

खुर्सानी लामो पारेर चिरेर राख्ने, कराहीमा तेल तताउने अनि एक९एक चम्चा मेथी, जिरा तथा एक चुट्की हिङ फुराउने । चिरेको खुर्सानी हालेर एकछिन चलाउने ।त्यसमा बेसार हालेर काटेको भिन्डी ओइरिने । नुन हालेर राम्रोसँग चलाउने । छोपेर सानो आँचमा पाक्न दिने । हरियो ज्यामिरको अमिलो वा कागतीको अमिलो आवश्यक मात्रामा हाल्ने र छोप हालेर चलाउने । यति गरेपछि भिन्डीको अचार तयार हुन्छ । जुन अत्यन्तै मिठो हुन्छ ।

प्रतिक्रिया दिनुहोस