घरमै अनिवार्य गर्नुस फोक्सो सफा राख्ने यी ५ उपाय :

हावामा बढेको प्रदुषणका कारण फोक्सोमा समस्या देखिनु सामान्य जस्तै छ । फोक्सोमा इन्फेक्सन भएमा विभिन्न प्रकारका समस्या हुन सक्छन् । त्यसैले फोक्सो सफा गर्नका लागि विभिन्न ५ उपाय गर्न सकिन्छ ।अदुवा हालेको चिया:अदुवा हालेको चियामा हुने एन्टिइनफ्लेमटरी तत्व हुने भएकाले यसले स्वासप्रश्वास नलीमा विशाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ ।

साथै, यसमा पोटाशियम, म्याग्नेशियम, जिङ्क र बीटा क्यारोटीन जस्ता औषधिय गुणहरु पनि पाइन्छ । एक अध्ययनका अनुसार शरीरमा क्यान्सर सेललाई पनि हटाउँछ । त्यसैले फोक्सो सफा गर्न नियमित रुपमा अदुवा हालेको चिया पिउने गर्नुस् ।

दालचिनीको चिया:फोक्सोसँग सम्बन्धित विभिन्न समस्याहरुबाट हटाउन दालचिनी निकै उपयोगी हुन्छ । दालचिनीको प्रयोग पाचन प्रक्रिया र स्वास नलीलाई स्वस्थ राख्न प्रयोग गरिन्छ । एक गिलास पानीमा थोरै दालचिनी हालेर पानी आधा हुँदासम्म उमाल्ने र त्यसलाई पिउने गर्दा फोक्सो सफा हुन्छ ।बाफ लिनुस्: फोक्सोलाई सफा राख्न बाफ लिने गर्नुपर्छ ।

उमालेको पानीबाट आउने बाफले बन्द भएका हावा छिर्ने प्वालहरु खोल्छ र फोक्सोमा हुने बलगम निकाल्छ । साथै, जाडो मौसममा बाफ लिँदा सास फेर्न समस्या हुने भएमा समेत राहत मिल्छ ।प्राणायाम:नियमित रुपमा प्राणायाम गर्दा फोक्सोमा हावा छिर्छ । यसले छातीमा जमेको बलगम हटाउँछ ।

नाकमा एक दुई थोपा शीशमको तेल हाल्ने र प्राणायाम गर्ने गर्दा यसले निकै फाइदा पुर्याउँछ । ओखर:अमेरिकाको कलेज अफ न्यूट्रिशनमा प्रकाशित एक लेखका अनुसार ओखरमा हुने एसिड ओमेगा–३ ले फोक्सोलाई निकै फाइदा पुर्याउँछ । हरेक दिन ओखर खाँदा दमको समस्यामा सास फेर्न समस्या हुँदा ओखरले फाइदा पुर्याउँछ ।

माछा:जुन माछामा धेरै बोसो हुन्छ । यसको सेवनले फोक्सोलाई सफा गर्छ । माछामा पर्याप्त मात्रा एसिड ओमेगा–३ फ्याट एसिड हुने भएकाले साल्मन माछा खाने गर्नुपर्छ । गेडागुडी:अमेरिकाको क्यान्सर सोसाइटीका अनुसार गेडागुडीको सेवनले फोक्सोलाई स्वस्थ राख्छ ।फलफूल:स्वस्थ फोक्सोको लागि हरेक दिन स्याउ खाने गर्नुपर्छ ।

यसमा हुने भिटामिनले फोक्सोलाई स्वस्थ राख्छ । फोक्सोलाई स्वस्थ राख्नका लािग भिटामिन ई, भिटामिन सी, बीटा क्यारोटीन र अमिलो फलफूल खाने गर्नुपर्छ ।यसैगरी मोटोपनलाई कम गर्नका लागि भान्सामा दैनिक प्रयोगमा आउने वस्तुहरू नै लाभदायक हुन्छन् ।दालचिनी :आयुर्वेदमा दालचिनीको प्रयोग कीटाणुनाशक, दुखाइको कम गर्न प्रयोग गरिन्छ ।

दालचिनी वजन कम गर्नको लागि पनि उत्तिकै महत्वपूर्ण छ । यसमा भएको तत्वले मेटाबोलिज्मलाई बढाउँछ भने ब्लड शुगर, कोलेस्ट्रोलको मात्रा घटाउन पनि सहयोग गर्छ । बिहान उठेपछि सबैभन्दा पहिले दालचिनी राखिएको पानी पिएमा यसले भोक कम गर्छ भने कोलेस्ट्रोलको मात्रा समेत कम गर्दछ ।

कालो मरिच–आयुर्वेदका अनुसार कालो मरिचले तौल कम गर्न निकै प्रभावकारी हुन्छ । यसले शरीरको ब्लोकेज घटाउँछ भने सर्कुलेशनलाई सुचारु राख्न मदत गर्छ । यसले मेटाबोलिज्मको मात्रा बढाउन सहयोग गर्छ ।अदुवा–आयुर्वेदका अनुसार अदुवाले मेटाबोलिज्मको मात्रा २० प्रतिशत बढाउँछ । यसले पेटलाई स्वस्थ समेत राख्दछ । यसले मोटोपनसमेत घटाउन मदत गर्छ ।

यसले शरीरको टोक्सिनलाई बाहिर निकाल्छ । यसमा ज्वलन कम गर्ने एन्टी ब्याक्टेरियल तत्व हुन्छ । अदुवाको निरन्तर सेवनले तौल घट्नुका साथै स्वास्थ्य तन्दुरुस्त हुन्छ ।कागती –खानामा राखेर वा सलादको रूपमा सेवन गरेमा कागतीले तौल घटाउन सहयोग गर्छ । कागतीमा हुने भिटामिन सी र फाइबरले स्वास्थ्यलाई समेत फाइदा हुन्छ ।

मह –विस्तारामा जानुभन्दा केही समय अगाडि महको सेवनले क्यालोरी कम गराउँछ । यसमा हुने हार्मोनले भोक कम लगाउँछ भने तौल कम गर्न पनि सहयोग गर्छ । यसले शरीरको मोटोपन घटाउन पनि सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस