नुवाकोटका लबराजले के गरे यस्तो ? काठमाडौं प्रहरीले गुर्जेभञ्ज्याङमै आएर समात्यो

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई नुवाकोटबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका-८ नुवाकोटका ४० वर्षीय लबराज ओली रहेका छन् ।

उच्च अदालत पाटनको २०७७ फागुन २३ गतेको फैसलाले ओलीलाई ४ दिन कैद र ९ लाख ६३ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई बुधबार नुवाकोटको गुर्जेभञ्ज्याङ्गबाट पक्राउ गरेको जनाएको छ ।

ओलीले २०७६ वैशाख ४ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर ज्योति विकास वैंक लिमिटेड (साविकको हाम्रो विकास वैंक लिमिटेड)मा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई ९ लाख ६३ हजार रुपैयाँ बराबरको चेक काटेर दिएका थिए।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो । ओलीलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा बिहीबार (आज) पेश गरिएको ब्यूरोले जनाएको छ ।

यो पनि पढ्नुहोस्;

विदुर नगरपालिका वडा नम्बर १० भैँसेबजार र वडा नं. ७ तप्चे अक्करेबजार जोड्ने त्रिशूली नदीमाथिको पुल बनेको दुई वर्ष बितिसक्दा पनि स्थानीयले उपभोग गर्ने दिन अजै जुरेको छैन ।
०७१ सालमा सम्झौता गरेर ०७४ मा सम्पन्न गर्ने गरी सपना कन्स्ट्रक्सन जेभीले निर्माण सुरु गरेको यो पुल निर्माणमा सुरुदेखि नै अवरोध हुँदै आएको थियो ।

दुई वर्ष ढिला गरेर निर्माण भयो, तर सञ्चालनमा आएन ।पलको मुख्य सडक जोड्ने पहँुचमार्ग सडकमा परेको जग्गाको मुआब्जा नदिएको कारण पल अहिले सञ्चालनमा नआएको स्थानीय समाजसेवी शिव विकले बताए ।

विदुरको वडा नं. ७ र १० जोड्ने पल बने पनि यस क्षेत्रका ुबासिन्दाले पहँचमार्गमा परेका जग्गाधनीले ु अदालतमा मुद्दा हालेपछि अहिले मआब्जाको टुङगो नलगाई कार्य अगाडि नबढाउन अदालतले आदेश गरेको छ । एक सय मिटर लम्बाइ, १० मिटर चौडाइको पक्की मोटरेबल पुल सञ्चालनमा नआउँदा यस क्षेत्रका बासिन्दालाई सवारीसाधन लिएर वारिपारि गर्न त्रिशूलीबजार घमेर आउन पर्ने अवस्था रहेको स्थानीय व्यवसायी सदामा शाहीले बताए ।

पलसँगैको सानो गोरेटो बाटोबाट मोटरसाइकल आवत–जावत गर्ने गरेको भए पनि पलको मुखैमा पर्खाल लगाएको माटो फिलिब नगरेको ठूलो खाडलले गर्दा रातको समयमा दर्घटना हुन सक्नेसमेत उनले बताए । पुल सञ्चालन गराउन सम्बन्धित निकायले चासो नदिएको दःखेसो स्थानीय उपभोक्ताले गरेको समाचार आजको त्रिशुली प्रवाहमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस