यी व्यक्तिको १६ जना श्रीमती १ सय ५१ छोराछोरी

काठमाडौं –के तपाईले एउटा व्यक्तिको १६ जना श्रीमति छ भन्दा पत्याउनु सक्नुहुन्छ ? यो पत्याउनु त पराको कुरा यो सोचको बाहिराको कुरा रहेको छ ।तर अफ्रिकि मुलुकमा एक व्यक्तिको भने १६ ओटा श्रमिति रहेको छ । ति १६ श्रीमतिबाट उनको बच्च १ सय ५१ जना रहेको छ । हाल ६६ बर्ष पुगिसकेका मिशेक न्यानदोरो नाम गरेको व्यक्तिले अर्को नयाँ विहे गर्ने योजना बनाइरहेको छ ।

त्यो पनि १७ औ मिशेकलाई १०० वटी बिहे गर्ने इच्छा समेत रहेको बताइएको छ । उनले जनसंख्या नियन्त्रणको के कुरा परिवार नियोजन जस्ता कुराहरुबाट टाढा रहदै आएको छ ।जिम्बाब्बेको समाचार पत्र द हेराल्डसँग कुरा गर्दै मिशेक न्यानदोरो नामका यी व्यक्तिले आफूले कुनै काम नगर्ने र श्रीमतीहरुलाई सन्तुष्ट पार्नु नै आफ्नो फुलटाइम जागिर भएको दावी गर्छन् ।

यी व्यक्तिको दावीअनुसार उनका बुढी श्रीमतीहरु उनको यौन क्षमतासँग बराबरी गर्न सक्दैनन् त्यसैले उनले युवा श्रीमतीहरु बिहे गरिरहनुपर्छ ।मिशेकको कुनै पनि जागिर ,काम गरेको छैन ।१ सय ५० छोराछोरी भएर आफूलाई कुनै दबाब नभएको बरु फाइदा भएको उनी बताउँछन् । छोराछोरीको दिएको गिफ्टबाट आफुलाई झन फाईदा रहेको बताएको छ ।

जिम्बाब्बेको मशोनाल्याण्ड सेन्ट्रल प्रान्तको बायर जिल्लामा बस्दै आाएको उनको मर्नु भन्दा पहिले १ हजार छोराछोरी जन्माउने चाहाना रहेको बताएको छ ।यी व्यक्तिले आफ्नो लागि कार्यतालिका पनि डिजाइन गरेका छन् । कार्यतालिकाअनुसार उनी हरेक रात आफ्ना ४ श्रमितीलाई शारीरिक रुपमा सन्तुष्ट पाछृन् ।अब मिशेकले २०२१ मा फेरि बिहे गर्ने तयारी गरेका छन् । उनको परिवारको मुख्य पेसा खेति किसान हो र यसबाहेक उनका ६ जना सन्तान जिम्बाब्बेको सेनामा छन् ।

२ सन्तान पुलिसमा छन् र अन्य ११ सन्तान फरक फरक क्षेत्रमा जागिर गर्छन् । उनका १३ छोरीहरु बिहे भएर गइसकेका छन् । उनले २०१५ मा पछिल्लो पटक बिहे गरेका थिए ।यसपछि केही समयका लागि उनले ब्रेक लिएका थिए किनकि त्यतिबेला जिम्बाब्बेकोअर्थतन्त्र निकै बिग्रिएको थियो ।

यी व्यक्ति जिम्बाब्बेको स्वतन्त्रताका लागि १९६४ देखि १९७९ सम्म चलेको रोडेसियन बुस वारमा सहभागी भएका थिए । १९८३ मा उनले आफ्नो प्रोजेक्ट सुरु गरेका थिए ।जिम्बाब्बेलाई भएको ठूलो जनधनको क्षतिपछि उनले आफ्नो देशको जनसंख्या बढाउन सहयोग गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस