राजेश हमालले काठमाण्डौको मेयर बन्ने कुरामा मिडियामा दिए यस्तो जवाफ (भिडियो सहित)

महानायक राजेश हमाल नेकपा एमालेमा प्रवेश गर्ने सम्भावना रहेको चर्चा चुलिरहदा उनले भने यसबारे खुलेर आफ्नो धारणा प्रष्ट पारेका छैनन् । उनलाई एमालेमा ल्याउन उक्त दलका नेताहरुले छलफल बढाएका छन् । हमालले राजनीतिमा आउने चाहना गरिरहेको हो की भन्ने अड्कलबाजी गर्ने ठाउ भने छन् ।

नेपाली चलचित्र क्षेत्रका महानायक भनिने गरिएका हमाललाई एमाले भित्राउन अध्यक्ष केपी शर्मा ओलीसम्म कुरा पुगेको स्रोतले बतायो । ओलीले पनि लोकप्रीय अनुहारहरुलाई पार्टीमा ल्याउने प्रयास गरिरहेका छन् । महानायक राजेश हमालले काठमाडौंको मेयर हुने चाहना ब्यक्त समेत गरिसकेका छन् ।

उनले काठमाडौंको सौन्दर्यीकरणमा कसैले पनि ध्यान नदिएकाले पनि आफूले उक्त कुरा भनेको हमालले बताएका छन् । हमालले भने, ‘कुनै नराम्रो सहरमा पनि केही न केही सुन्दर पक्ष हुन्छ । तर, काठमाडौंमा केही पनि छैन । परिवारसँग समय बिताउने स्तरीय स्थानसमेत छैन ।

यसतर्फ कसैको ध्यान छैन । केही न केही त हुनुपर्छ सहरमा भनेर मैले व्यंग्य गरेको हुँ ।’बुधबार राजेश हमाल अफिसियल नामक युट्युब च्यानलमा पोस्ट गरिएको ‘अ डे विथ राजेश हमाल’ शीर्षको भ्लगको ट्रेलरमा हमालले नेताहरूले भाषण गरे पनि व्यवहारमा उतार्न नसकेको बताएका थिए ।

यध्यपि एउटा भिडियो अन्तरवार्तामा भने उनले मेयर बन्ने कुरा हल्ला मात्र भनेका छन्। उनले भनेका छन् कागले कान लग्यो कसैले भन्दैमा कागको पछी नदौडनुस।

शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नायक हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ । गीतमा गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतमा रोजगारीका लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा देखाइएको छ ।

हेर्नुहोस तलको भिडियो…

प्रतिक्रिया दिनुहोस