माओवादीलाई हराउन सक्ने तागत कोहिसँग छैन, अब बहुमत सहित सरकार बनाउछौ: प्रचण्ड

काठमाडौ ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पक मल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष दाहालले भने, ‘माओ वादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन। हामी अरूजस्तो पार्टी होइन, राष्ट्र र जन ताका लागि काम गर्ने पार्टी हो।’

उनले सबै तह, तप्कामा आक्रामक ढङ्गले गयौं र जनतालाई विश्वासमा लियौं भने आफू नेतृत्वको पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसर का बीचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल भइने बताए।

सात प्रदेश र दुइटा गैरभौगोलिक प्रदेशको सम्मेलनलाई श्रव्यदृश्यका माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने बताए।

अध्यक्ष दाहालले पार्टीमा कमी/कमजोरी रहेको र त्यसलाई सच्याएर क्रान्तिकारी र जनपक्षीय पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको उल्लेख गरे।

‘नयाँ विचारसहित आफ्नै खुट्टा उभिऔं’

अध्यक्ष दाहालले पार्टीलाई आफ्नै सङ्गठन, आफ्नै विचार सहित आफ्नै खुट्टामा उभिने बनाउनु नै तत्कालको आवश्यक ता रहेको उल्लेख गरे।अध्यक्ष दाहालले हामी आफैं दुविधामा परेका कारण हे,पिएको भन्दै अब माओवादीलाई कोही कसैले पनि प्रश्न उठाउन नस क्ने गरी सबल र स क्षम बनाउने दृढता व्यक्त गरे।

अध्यक्ष प्रचण्डले भने, ‘विश्वमा हाम्रो मात्रै पार्टी त्यस्तो ठाउँमा छ, जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ । अहिलेका चुनौती को सामाना गर्ने आधार पनि बोकेको छ र क्रा न्तिको नयाँ मोडल हामी आफैंले खोजी गर्नु पर्छ।’

अध्यक्ष दाहालले विचार, संगठनमा नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि मा ओवादी नै भएको स्पष्ट पारे।उनले एमालेको हालै चितवनमा सम्पन्न भएको महाधिवेशन लाई पञ्चर्‍यालीको संज्ञा दिए।

पञ्चायतकालको अन्त्यतिर पनि ठूला–ठूला पञ्चर्‍याली हुने गरेको स्मरण गर्दै अध्यक्ष दाहा लले विचारको बहस नहुने, व्यक्तिपूजा मात्रै हुने भेला तथा सम्मेलनको कुनै अर्थ नभएको बता ए अध्यक्ष दाहालले नेपाली कांग्रेसको जारी महाधिवेशन पनि हे,रिरहेको उल्लेख गर्दै त्यहाँ पनि राष्ट्र कस्तो बनाउने भन्नेतिर बहस नभएको आरोप लगाए।

यहि अबस्थामा चुनाव भए माओवादी ६० र समाजवादीले ५१ सिट जित्ने, एमालेको अबस्था यस्तो…

आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो । त्यतिबेलाको दुई कम्युनिस्ट पार्टीले पाएको मतलाई आधार मान्दा यथास्थितिमा चुनावमा गएमा नतिजा के होला ?

एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए ।

सुर्य चिन्हमा उम्मेदवार बनेका १०३ मध्ये ७८ जना विजयी भएका थिए ।

गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका ३६ उम्मेदवार विजयी भएका थिए । १६५ निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादीको मात्र जोड्दा ११४ हुन आउँछ । यो प्रत्यक्षतर्फ निर्वाचित संख्याको दुई तिहाई हो ।

माओवादीसँगको गठबन्धनले ७८ स्थानमा प्रत्यक्षतर्फको उम्मेदवारलाई विजय बनाउन सकेको एमालेले आउँदो निर्वाचनमा यही सफलता दोहोराउने सम्भावना कमजोर छ । माओवादीसँग एमालेको गठबन्धनको सम्भावना देखिदैन । अर्कोतर्फ, एमाले आफै फुटेको छ ।

विघटित प्रतिनिधि सभामा निर्वाचित एमालेका ७८ मध्ये ३१ जनाले १० हजार भन्दा बढी मतान्तरले जित हासिल गरेका थिए ।

१६ जनाले ७ हजार, ११ जनाले ५ हजार, ६ जनाले ३ हजार, ६ हजारले २ हजार, ५ जनाले १ हजार, ३ जनाले ५ सय र ३ जनाले ५ सयभन्दा कम मतान्तले जीत हासिल गर्न सकेका थिए ।

यो तथ्यांकलाई आधार मान्ने हो भने माओवादीसँग विना गठबन्धनमा जाँदा एमालेलाई सिधै ५० सिटमा झट्का लाग्ने देखिन्छ ।

माओवादीको मत एमालेलाई पर्दा कम्तिमा ५० सिटमा जीत सुनिश्चित भएको हो । बाँकी ३० सिटमा पनि कम्युनिस्ट एकता नहुँदा जीत निकै कठिन हुने देखिन्छ ।

त्यसमाथि एमाले समेत विभाजित भएको छ । माधव नेपालले एमालेको २० प्रतिशत मात्र शक्ति आफ्नो साथमा लगेको आँकलन गर्ने हो भने पनि एमालेलाई चुनावमा ठूलो झड्का लाग्ने स्पष्ट देखिन्छ । प्रत्यक्षतर्फ चुनावमा ७८ मध्ये ३१ जनाले मात्र १० हजार मतान्तरले जितेको तथ्यांक छ ।

त्यो माओवादी समेतसँग गठबन्धनले हो । यसलाई केलाउँदा ३१ बाहेकको सिटमा एमाले पराजित हुने सम्भावना बलियो छ ।

यसको अर्थ चुनाव भएमा एमालेले प्रत्यक्षतर्फ जितेको ४७ सिट गुमाउने सम्भावना बिलियो छ ।

समानुपातिकतर्फ पनि २० प्रतिशत मत घट्दा ३० मध्ये कम्तिमा ६ देखि १० सिट गुम्ने स्थिति छ ।

फुटको अवस्थामा चुनावमा गए एमालेले अधिकतम ६० सिटभन्दा बढी जित्ने सम्भावना देखिदैन । यसको अर्थ केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले अहिलेको नेपाली काँग्रेसको प्रतिनिधि सभामा सिट संख्याभन्दा पनि कम संख्यामा पुग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस