टिकटकमा भाइरल पुर्णिामा सर्किनी क्षेत्रीसँग पेसबुकमा लभ परी बिहे गरिन् (भिडियो सहित)

झट्ट हेर्दा केटाको पहिरनमा केटा जस्तै देखिएतापनी उनी वास्तवमा केटी हुन्।र हाँस्दै मजाक गर्दै कसैले पनि मलाई झुक्किएर यस्तो कपाल र केटाको जस्तो गेट अप देखेर छक्का चाहिँ नभनीदिनुहोला भन्छिन्। उनको नाम हो पूर्णिमा शर्किनी,उनी भन्छिन्,”हाम्रो फेसबुकमा बोल्ने क्रममा लभ परेको यद्यपि हाम्रो समाज यस्तै छ,मलाई यतिबेला उहाँको परीवारबाट स्वीकार गर्नुभएको छैन।

म पनि तपाईंहरू जस्तै हुँ,मलाई पनि तपाईंहरूकै छोरीकै रुपमा स्वीकार गरिदिनुहोला।मेरो पनि ममी हुनुहुन्न,राम्रो मनले बुहारी स्वीकार गरिदिनुहोला।भाग्यमा लेख्या कसले पो मेट्न सक्छ होला र ! म पनि राम्रो मनले ममीबाबा मान्छु हजुरहरू लाई।आफूले सकेसम्म राम्रो नै गर्ने कोसिस गर्नेछु भन्न चाहन्छु।”

उनलाई सुजल जि एम ले जिस्कँदै सोध्छन्,”के तपाईं अन्दरसे नै महिला नै हो त ? ” उनी जिस्किँदै र हाँस्दै भन्छिन्,”म अन्दर से र बाहर से दुबै तरिकाले केटी नै हुँ।मेरो गेट अप मात्रै केटा हो।”अहिले कतिपय दलित जातिहरूमा जात लुकाएर वा परिवर्तन गरेर राख्ने गरेको पनि पाइएको छ तर उनी भने गर्वका साथ आफ्नो नाम सामाजिक संजाल तिर शर्किनी बताउँछिन्।उनी भन्छिन्,”लुकाएर भन्दा पनि देखाएर,गर्वका साथ हामीले आफूलाई चिनाउनु पर्छ नि।”

आफ्नो वास्तविकता बताउँदा नै समाजमा सकारात्मकता जाने र एक अर्कामा सहिष्णुता बढाउने उनको तर्क रहेको छ।कतिपयले केटा वा केटी भनिदिनुहोस् न हौ भन्दै कमेन्ट समेत गर्नु हुन्छ भने कतिपयले चाहिँ न’का’रा’त्मक किसिमका कमेन्ट समेत गरेको पाइन्छ।नकारात्मक कमेन्टले चाहिँ उनको मन दुखित पारेको पनि उनी बताउँछिन्।

भनिन्छ नि कपाल पालेको त छोरी मान्छेका लागि गहना नै हो।यसर्थ अब कपाल पाल्ने पनि उनी बताउँछिन्।सुरुसुरुमा धेरै जिस्काएको तर अहिले धेरै हदसम्म बानी परिसकेको भएर बरु सुहाउँदो क्रममा जाने गरेको र क्युट केटा देखिने गरेको छ।एकैपटक भेट भएको र फेसबुक मार्फत कुराकानी मात्रै भएको तर यति धेरै नजिक अर्थात् बिहे समेतको सम्बन्धमा पुगिन्छ भन्ने चाहिँ लागेको थिएन रहेछ उनलाई।

उनले अहिले बिहे गरेको थर चाहिँ क्षेत्री बुढाथोकी हुन्।अन्तर जातीय बिहेका कारण स्वीकार नभएपछि उनी अहिले आफ्नै माइतीमै बस्दै आइरहेकी छिन्।कृपया उनीसँग गरिएको रोचक कुराकानीको भिडियो लिंकलाई हामीले समेटेर तल प्रश्तुत गरेका छौँ,हेरेर आफ्नो प्रतिक्रिया जनाउन हुन समेत हार्दिक अनुरोध गर्दछौं।धन्यवाद।

प्रतिक्रिया दिनुहोस