बाथको रोगीका लागी अचुक औषधी हो साग, यस्ता छन् अन्य अचुक फाइदाहरु

एजेन्सी । साग खान मन पराउने सबैको भान्सामा साग पाकेको हुन्छ । यो स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै लाभदायी हुन्छ । पकाउन सजिलो, सजिलै उपलब्ध र स्वादिलो हुने भएकाले रायो अधिकांशको रोजाइमा पर्छ । साग स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कतिपय मानिसले खानामा अनिवार्य साग चाहिन्छ । साग बिनाको खाना खल्लो महसुस हुन्छ ।

तर, कोहीलाई साग मनै पर्दैन। स्वास्थ्यका लागि मन नपरे पनि खाने गर्नुपर्छ । रायो, चम्सुर, पालुङ्गो सागका आ–आफ्नै फाइदा हुन्छ । रुघा लागेमा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुन्छ । रायोको गेडाको चूर्णलाई तातोपानीमा हालेर घोली कुल्ला गर्नाले दाँतको दुखाइ कम हन्छ ।

पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्तादिनजति खानाले पाचनशक्ति बलियो बन्दै जान्छ । यसो गर्नाले भोक नलाग्ने समस्या पनि हटेर जान्छ ।जाडोमा बाथ रोगी र वृद्धवृद्धामा हड्डी दुख्ने समस्या बढी हुन्छ । रायोमा पाइने कपरले बाथ कम गर्छ । रायो भिटामिन ‘सी’को राम्रो स्रोत भएकाले रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ ।

बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने उसलाई रायोको चूर्णलाई चिसोपानीमा मिसाएर पिलाउने गर्नुपर्छ । रायोको सागमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट केटाकेटीलाई बचाउँछ ।नियमित रायो साग खाँदा क्यान्सरको जोखिम कम हुन्छ । यसमा पाइने भिटामिन ‘के’ले नाक, पेट मुख, कलेजो, प्रोस्टोनको क्यान्सर लाग्ने जोखिम कम गर्छ ।यसले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ ।

प्रतिक्रिया दिनुहोस