ऋण लिएर धुमधामका साथ बिहे गरेको बेहुली सु’हाग रात मनाउन नपाउँदै फरार भए पछी

दशरथचन्द नगरपालिका–५ नौहाँटका दिपकप्रशाद भट्टले दोगडाकेदार–१ रीमबाट बाजा ठोकेर घर भित्र्याएकी जयन्ती जोशी बिहेकै तेस्रो दिनमा सम्पर्क बिहीन भएकी हुन् ।

सु’हाग रात मनाउन नपाउँदै दुलही गायब भएपछि दुलाहा हैरान भएका छन् । उनले फरार भएकी दुलहीको खोजीकार्य गरिदिन भन्दै प्रहरीमा निवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीले फरार दुलहीको खोजतलास गर्न जिल्लाका सबै प्रहरी चौकीहरुलाई निर्देशन दिएको छ ।

दिपक र जयन्तीबीच गत असोजदेखि फोनमा सम्पर्क हुन थालेको थियो । दुबै जनाबीच लामो कुराकानी हुने गरेको र बिहे अघि सम्बन्ध सुमधुर रहेको दुलाहा दिपकले बताउनुभयो। ‘फोनमा दैनिक सय रुपैयाको रिचार्ज खर्चेर गफगाफ चल्थ्यो’ दुलही हराएर है’रान भएको अवस्थामा बैतडी सदरमुकाममा फेला परेको उहाँले भन्नुभयो ।

फोनमा कुरो गर्दै जाँदा सम्बन्ध झा’ङ्गिदै गएपछि मंसिर १ गते दिपक दुलही हेर्न गएका थिए । कुरो राम्रै किसिमले अगाडि बढेपछि मंसिर १२ गते बिहे सम्पन्न भयो । ‘१३ गते दुलही भित्र्याएर घरमा सत्यनारायणको कथा लगायौं, १४ गते बटुले जातोमै अ’ल्मलियौं’ दिपकले भने १५ गते त दुलही घर छोडेर गइहाली ।’त्यसपछि दुलही सम्पर्क बिहीन भएको उहाँले दुः’खेसो पोखे ।\

केटी र माइती सबै मिलेर आफुलाई फसाएकाले बिहेमा खर्च भएको साढे ७ लाख रुपैया असुल गर्ने सुरमा आफू लागेको उहाँको भनाई छ । ३ लाख ग्रामिण विकास लघुबित्तबाट ऋण लिएको र बाँकी आफन्तसँग ब्याजमा पैसा निकालेर बिहेमा ७ देखि साढे ७ लाख खर्च भएको दिपकले बताए ।

सम्पर्क बिहीन भएकी दुलही गोकुलेश्वर क्याम्पसमा अध्ययनरत हुन भने दुलाहा भट्ट स्थानीय विद्यालयमा कार्यालय सहायक पदमा कार्यरत छन् । ह’राएकी दुलहीको मोबाईलमा सम्पर्क गर्दा बन्द रहेको छ ।

प्रतिक्रिया दिनुहोस