जापानमा २महिनादेखि हराइरहेकी आरतीको शव समुद्रमा तैरिरहेको अवस्थामा भेटियो

गत मार्चको १७ तारिखदेखि वेपत्ता भएकी चितवनकी आरती खनालको शव ओशाकाको समुन्द्रमा भेटिएको छ । समुन्द्रमा तैरिरहेको अवस्थामा भेटिएको सो शवको डिएनए परीक्षणबाट आरती नै भएको पुष्टि जापान प्रहरीले गरेको छ ।

वेपत्ता आरतीको खोजी गर्ने क्रममा यही मे ८ तारिखमा आरती बस्ने स्थानभन्दा करिब २० किलोमिटर टाढा समुद्रमा तैरिरहेको अवस्थामा शव भेटिएको थियो ।

परिचय नखुलेको शवका रुपमा भेटिएको शवसगै पैसा मोबाईल सहित साईकलको चाबी पनि भेटिएको भए पनि खनालको परिवारका सदस्यको डिएनए परीक्षणपछि शव आरतीकै पुष्टि भएको हो ।

प्राप्त शव आफ्नी छोरीको भएको पुष्टि भएपछि आरतीकी आमा राधिका खनालले हराएको समयदेखि नै जानकारी दिए पनि जापान प्रहरीले घटनाको राम्रोसग छानविन नगरेको गुनासो गर्दै आरतीको हत्या भएको आरोप सहित दोषीलाई कडा कारबाहीको माग गर्नुभएको छ ।

एनआरएन उपाध्यक्ष संगिता अधिकारी आरतीको परिवार नेपालमा नै रहेको र परिवारसग छलफल भइरहेको जनाउँदै परिवारसंगको छलफल र प्रहरीको अन्तिम रिपोर्ट हेरेपछि जापानी वकिल सहित बिस्तृत छानविन सहितको पोष्टमार्टम गरिने तयारी भएको जानकारी दिनुभयो ।

एक वर्ष अगाडि विद्यार्थी भिषामा जापान आएकी २३ वर्षीय आरती जापानको ओसाका सिटीको इकोनो कु काचुयामा कित्ता १-३-२ मा बस्दै आएकी थिइन।

प्रतिक्रिया दिनुहोस