भोली नाग पञ्चमी, यसरी गर्नुहोस् घर घरमा नागको पुजा

काठमाडौं । भोलि घर घरको ढोकामा नागको फोटो टाँसेर तथा जलाशयसहित नागको बासस्थान मानिने ठाउँमा नागको पूजा गरेर नागपञ्चमी मनाउने गरिन्छ । नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ ।नागपञ्चमीको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवानको चित्र टाँसी पूजा गर्नाले वज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ ।

यी हुन् सर्पका केही रोचक तथ्य

संसारमा ३ हजारभन्दा बढी प्रजातिका सर्प पाइन्छ, तर अन्टार्कटिका महाद्वीपमा भने सर्प पाइँदैन । सर्पको शरीरमा चिसो रगत हुन्छ । जस कारण सर्पले आफ्नो वरिपरिको वातावरणअनुसार आफ्नो शरीरको तापक्रममा परिवर्तन ल्याउन सक्छ । गर्मीयाममा सर्पको शरीर चिसो हुन्छ भने जाडोयाममा तातो हुन्छ ।
यसैगरी सर्पले बंगारा नहुने भएकाले आफ्नो आहारा कहिल्यै पनि चपाएर खाँदैन, सिंगै निल्छ । सर्पले आफ्नो मुखलाई १ सय ५० गुणासम्म फैलाउन सक्छ । साथै सर्पले आफ्नो पेटलाई पनि आवश्यकताअनुसार तन्काउन सक्छ । त्यसैले सर्पले आफ्नो शरीरको आकारभन्दा दोब्बर ठूलो आहारा पनि सजिलै निल्न सक्छ ।

सामान्य सर्प निरन्तर रुपमा खाइरहनुपर्ने स्वभावका हुन्छन् भने राजगोमन एक महिनासम्म केही नखाई बस्न सक्छ । कान नहुने भएकाले सर्पले जमिनमा हुने कम्पनका आधारमा आफ्नो वरिपरि केही वा कोही भएको अनुमान गर्न सक्छ । यसैकारण सर्प ज्यादै चनाखो र शत्रुप्रति अनुदार हुन्छ । सर्पले आफ्नो वरिपरिको गन्ध थाहा पाउन नाकको नभै जिब्रोको सहयोग लिन्छ ।

शरीरको अनुपातमा सर्पको छाला निरन्तर बढिरहेको हुन्छ । त्यसैले सर्पले हरेक वर्ष ३ देखि ६ पटकसम्म काँचुली फेर्छ । अफ्रिकामा पाइने ब्ल्याक माम्बा जातिको सर्प सबैभन्दा छरितो सर्प हो । यो सर्प प्रतिघन्टा २० किलोमिटरको गतिमा ओहोरदोहोर गर्न सक्छ । दुईटाउके सर्प ब्राजिलको जंगलमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस