कोरोना भाइरस संक्रमणबाट नेपाली काँग्रेस नवलपरासी जिल्ला उपसभापति गिरीको मृत्यु

काठमाडौं, ०२ साउन । कोरोना भाइरस संक्रमणबाट नेपाली कांग्रेस नवलपरासी जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । उपसभापति गिरीको उपचारको क्रममा पाटन अस्पताल ललिपुरमा मंगलबार बिहान मृत्यु भएको हो । ३८ वर्षीय गिरीको केहिदिन पहिल्ये बुटवलस्थित कोरोना अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको थियो ।

त्यसपछि गत साउन ३० गते उहँलाई पाटन अस्पताल रेफर गरिएको थियो । पाटन अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अवस्सथामा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनलाई गएरातिबाटै स्वासप्रश्वसमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस