सुशान्त प्रकरण : सीबीआईको प्रश्नको सामना गर्न नसक्ने भन्दै सलमानसँग गुहार माग्दै रिहा

शान्तका बुवाले दिएको जा हेरीका आधारमा रिया मुख्य आरोपी छिन् । अनु सन्धानका लागि सोमवार सीबीआईले सोधपुछ गर्न सक्ने जनाइएको छ ।स्रोतका अनुसार सीबीआईको टीम रियासँग लामो र धेरै दिनसम्म सोधपुछ गर्नसक्छ ।

हराएकी भनिएकी रिहा सलमानको घरमा भेटिइन् भनेर समाचार आइसकेको छ । भारतीय मिडियाको अनुशार रिहाले आफूले सीबीआईको प्रश्नको सामना गर्न नसक्ने भन्दै सलमान खानसँग लगातार गुहार मागिरहेको छिन् । सीबीआईले सोध्न सक्ने सम्भावित प्रश्नहरु बाहिरिएसँगै रिहा डराएकी छिन् । यो भन्दा अगाडी पनि सलमान खानले जिया खानको प्रेमी सुरज पञ्चोलीलाई बचाइसकेका छन् । जियाकी आमाले भनिन्, “सलमानको कारण मेरो छोरीले न्याय पाईन सुशान्तको त्यस्तो नहोस” भनेर मिडिया सामु आफ्नो कुरा राख्ने गरेको छिन् ।

जाहेरीमा रियालाई शं कास्पद मानिएको छ भने प्रश्नको घेरा समेत ठूलो छ । सीबीआईले पहिलो चरणमा २६ प्रश्न सोध्न सक्ने टाईम्सले लेखेको छ ।

यी हुन् रियालाई सोधिनसक्ने २६ प्रश्न –

१. तपाईं र सुशान्तबीच यस्तो के भयो, जसले गर्दा तपाईं ८ जुनको दिन उनको घरबाट जानुभयो ?

२. के सुशान्त कुनै कुरालाई लिएर हैरान थिए ? यदि हो भने त्यो के थियो ?

३. सुशान्तको मृ त्यु भएको दिन अर्थात् १४ जुनमा तपाईं कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो ?

४. सुशान्त कुन किसिमको औषधि सेवन गर्थे ?

५. के तपाईंले सुशान्तलाई कुनै डाक्टरसँग भेटाउनुभएको थियो ?

६. सुशान्त हिन्दुजा अस्पतालमा किन भर्ना भएका थिए ?

७. के तपाईंले सुशान्तको परिवारलाई स्वास्थ्य खरा ब भएकोबारे जानकारी दिनुभएको थियो ?

८. के तपाईंले सुशान्तसँग कुनै फिल्म सम्झौता गर्नुभएको थियो ?

९. के तपाईंको बुवाले सुशान्तलाई कुनै औषधि सेवन गर्न भन्नुभएको थियो ?

१०. के सुशान्तका पैसासँग जोडिएका निर्णय तपाईं लिनुहुन्थ्यो ?

११. सुशान्तसँग तपाईंको सम्ब न्ध के थियो ?

१२. के सुशान्तको मृ त्युपछि तपाईंले सुशान्तको परिवारलाई फोन गर्नुभयो ?

१३. के तपाईं सुशान्तको मृ त्युपछि उनको घर जानुभयो ?

१४. तपाईं कपूर अस्पतालको श वगृ हमा के गर्न जानुभएको थियो?

१५. तपाईंसँग मुम्बई पुलिसले कतिपल्ट सोधपुछ पर्‍यो ?

१६. तपाईंले सुशान्तसँग मिलेर एक नयाँ कम्पनी किन बनाउनुभयो ?

१७. लकडाउनमा तपाईंको घरमा तपाईंलाई भेट्न को–को आउनुहुन्थ्यो ?

१८. सुशान्तकी बहिनीसँग तपाईंको कुनै झ गडा छ ?

१९. तपाईंले सुशान्त र आफ्नो सम्बन्धबारे क–कसलाई बताउनुभएको थियो ?

२०. तपाईंले डीबीपी (बान्द्रा) लाई किन फोन गर्नुभएको थियो ?

२१. तपाईंलाई के लाग्छ सुशान्तको मृ त्यु कसरी भयो ?

२२. तपाईंले सिद्धार्थ पिठानीलाई कहिले भेट्नुभयो ?

२३. तपाईंले सुशान्तको घरको कर्मचारीलाई जागिरबाट किन निकाल्नुभयो ?

२४. के तपाईं पिठानी र सैमुअल मिरान्डाको सम्पर्कमा हुनुहुन्छ ?

२५. युरोप भ्रमणमा के भएको थियो ?

२६. सुशान्तको बैंक खाताबाट पैसा कहाँ गए ? खर्च भए त कहाँ भए ?

सोमवारै अनुसन्धानका क्रममा सीबीआई टीम वाटरस्टोन रिसोर्ट पुगेको छ । यो रिसोर्टमा सुशान्त २ दिन बसेका र रियाको परिवारले ‘जादू–टोना’वाला पूजा गरेको बताइन्छ ।

सुशान्तका कूक निरज, दीपेश सावन्त र सिद्धार्थ पिठानीसँग हासम्म गरिएको सोधपुछमा सीबीआईले धेरै ठाउँमा अन्तर पाएको छ । यसैक्रममा सोमवार समेत पिठानीसँग थप सोधपुछ हुनसक्ने टाईम्सले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस