एउटा यस्ताे टापु छ कि जुन मृत्यु टापु भनेर चिनिन्छ । यो टापुमा गएपछि कोही पनि बाँचेर फर्किँदैनन् । याे टापु इटालीमा छ । आइल्याण्ड अफ डेड भनिने प्रोवेग्लिया टापुमा सन् १९२२ मा मानसिक अस्पताल बनाइएको थियो ।
तर यस अस्पतालमा काम गर्ने डाक्टर तथा नर्सहरुले प्रायः केही असामान्य चिजहरु देख्न थालेपछि त्रासका कारण अस्पताल बन्द गरियो ।विश्वमा केही यस्ता ठाउँहरु हुन् जो साँच्चीकै भयानक हुन्छन् । कैयन् वर्षसम्म उक्त अस्पताल बन्द नै रह्यो । १२० वर्ष पहिले उत्तः टापुको प्रयोग प्लेगबाट ग्रस्त मानिसहरुको गरिन्थ्यो ।
प्लेगरोगीलाई त्यहाँ लगेर छाड्थे किनकि अन्य मानिसहरुमा त्यो रोग नफैलियोस् । धर्तीका ती ठाउँहरु यति भयानक तथा खतरनाक हुन्छन् की त्यहाँ गैसकेपछि मानिसहरुको बाँच्ने सम्भावना कम हुन्छ ।
अफ ट्रयाक प्लानेट डट कमका अनुसार सन् १९६० मा इटाली सरकारले उक्त टापुलाई बेचिदियो । उक्त टापु खरीद गर्ने मानिस आफ्नो परिवार सहित टापुमा बस्न थाले । एक दिन उक्त टापुका मालिककी छोरीको मुखमा कसैले टोकिदियो । उनलाई शल्यक्रिया गरी १४ वटा टाँका लगाउनुपर्यो ।
त्यसपछि उक्त टापु अन्य प्राणघातका रोगका रोगीहरुका लागि पनि प्रयोग गरियो । रोगबाट मरेका मानिसहरुको लास पनि त्यहीँ गाडिन्थ्यो । तर एक पटक उक्त टापुमा रोगीहरुको संख्या १ लाख ६० हजार पुग्यो । त्यसपछि त्यहाँको क्रुर सरकारले रोगीहरुलाई ज्यूँदै जलायो ।
रोगीहरुलाई राख्ने तथा मार्ने ठाउँको रुपमा प्रयोग गरिएको हुनाले पनि उक्त ठाउँ संक्रमित रहेको र मानिसहरु गएपछि विभिन्न रोगले आक्रमण गरेर मानिसको मृत्यु हुने गरेको बताइन्छ । त्यसैले सरकारले त्यहाँ जान प्रतिबन्ध लगाएको छ