दुई वर्षीय बि`रामी छोरा अस्पतालमा छोडेर आमा स`म्पर्कविहीन, अ’चेत बा`लकको वि`चल्ली

प्युठान- जिल्ला अस्पताल बिजुवारकाे अन्तरंग विभागको बेड नं २ मा एक दुई वर्षीय बालक अचेत अवस्थामा पल्टिरहेका छन्। हातमा स्लाइन झुन्ड्याइएको छ। क्याथेटरको माध्यमबाट पिसाब निकालिएको छ। न त उनी खान सक्छन् न कुनै प्रतिक्रिया नै जनाउँछन्। ४ दिन अगाडि अस्पताल लिएर आएकी उनकी आमा बिहीबार राति २ बजेदेखि सम्पर्कविहीन भएकी छन्। 

माण्डवी गाउँपालिका वडा नं १ तिरामथक्लेनी घर भएका २ वर्षीय बालक थारुप थापा मगर आर्थिक अभावका कारण अस्पतालको बेडमा अचेत अवस्थामा लडिरहेका छन्। जिल्ला अस्पताल प्युठानमा भर्ना भएका थापा मगरलाई मेनिन्जाइटिस भएको उनको उपचारमा संलग्न डा सुनिल सुनारले बताए। गाउँघरमा यो समस्यालाई दिमागको ज्वरो समेत भनिने उनले बताए। ४ दिन अगाडि आमा तिलादेवी थापा मगरले उनलाई अस्पताल लिएर आएकी थिइन्।

जिल्ला अस्पताल बिजुवारले जिल्लामा उपचार सम्भवन हुने भनेपछि उनी बिहीबार राति २ बजे अस्पतालबाट निस्केको र अहिलेसम्म  सम्पर्कमा नआएको बालकका कुरुवा बसेकी दिदी लक्ष्मी थापा मगरले बताइन्। ‘डाक्टरले बाहिर लैजान भन्नभयो, आमा टेन्सनले एकछिनमा आउँछु भनेको अहिलेसम्म आउनु भएको छैन,’ लक्ष्मीले भनिन्, ‘मसँग एक रुपैयाँ पनि छैन, अब भाइको उपचार कसरी गर्नु।’ 

दुई वर्षीय बालकका बुबाको निधन भएको ८ महिना भयो। घरमा बालककी आमा, २४ र ६ वर्षीय दाजुहरु, १८ र ९ वर्षीय दिदीहरु छन्। परिवारमा कमाउने एक जना मात्र दाइ कोभिड–१९ का कारण भारतमा अलपत्र परेका छन्। बुबा बितेको बेलामा लागेको ऋण अझै तिर्न नसकेको लक्ष्मीले बताइन्। गाउँमा पनि ऋण नदिने र बाहिर जान डाक्टरले भनेपछि टेन्सनले आमा भागेर गएको हुन सक्ने उनले बताइन्। 
निकै पीडादायी अवस्था देखेपछि उपचारमा संलग्न डा सुनारले बालकको उपचारमा आवश्यक परेका औषधि आफैंले किनेको बताए। खना खाने पैसा समेत नभएपछि बालककी दिदीलाई अस्पतालबाट निःशुल्क खानाको व्यवस्था गरिएको छ। बालकको अवस्था जटिल बन्दै गएको भन्दै तत्कालै उपचार गर्नुपर्ने डा सुनारले बताए।

बालकको अवस्था देखेर आफैंले औषधि किनेर उपचार गरेका सुनारले आवश्यक परेमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएकोले जिल्ला बाहिर लैजानुपर्ने डा सुनारले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस