श्रीमती मोटो भएको भन्दै श्रीमानले गरे सम्वन्धविच्छेद

कुनै कुनै यस्ताे घटना बाहिरिन्छ कि हामिले साेच्दा पनि अचम्म लाग्छ। एउटा समय थियो पति पत्नीको सम्बन्ध जीवन भर साथ निभाउनको लागि । तर, अहिलेकाे समयमा विवाह सम्बन्ध कमजोर हुन थालेको छ । यस्तै घटना भारतको मध्यप्रदेशमा भएको छ । जहाँ पत्नी मोटी भएकै कारण सम्बन्ध विच्छेद गरेका छन् ।

पातली युवती मन पर्ने भएकाले पतिले पत्नी मोटी छे भन्दै सम्बन्ध विच्छेद गरेका हुन् । यस कारण पतिले सम्बन्ध विच्छेद गर्दा पत्नी छक्क परेकी छिन् । वास्तवमा पतिले पत्नी मोटी हुँदै जाँदा चिन्तित थिए । पतिको रातदिनको किचकिच सन्न नसकेर पत्नी माइत गएकी थिइन् । ससुराली घरमै गएर नै पत्नीलाई ३ पटक ‘तलाक’ भनेका थिए ।

पत्नीको भन्छन्, गुजरातका आरिफ हुसैनसँग उनको विवाह भएको थियो । विवाहको केहि दिनमा नै पति र सासुले उनलाई कुट पिट गर्दै आएका थिए । झगडा गर्दा त मोटी भइस् भन्दै पातलो केटी मन पर्ने बताउथे । सधै त्यस्तै भनेपछि सहन नसकेर माइति गएकी थिइन् । केहि दिन अगि मात्रै पति माइतिमा आएर सम्बन्ध विच्छेद गरेका हुन् ।

पतिले एक पक्षबाट सम्बन्ध विच्छेद गरेपछि पत्नीले प्रहरी कार्यालयमा उजुरी दिइन् । उनको उजुरी पछि प्रहरीले पतिलाई गिरफ्तार गरेको छ । तीन पटक ‘तलाक’ मा हुने सम्बन्ध विच्छेदलाई गैह्र कानुनी मानिएको छ । अहिलेकाे समयमा सानो विषयमा पनि सम्बन्ध बिच्छेद हुनथालेको छ ।

प्रतिक्रिया दिनुहोस