थप ९ को निधन, १०४१ नयाँ संक्रमित थपिँदा १५६६ निको भए

पछिल्लो २४ घन्टामा देशभर १ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर रहेका प्रयोगशालामा १२ हजार ४ सय ७३ जनाको नमूना परिक्षण गर्दा ३४९ महिला र ६९२ पुरुष गरी जम्मा १ हजार ४१ जनाको नमूना पोजेटिभ पाइएको छ ।

योसँगै कुल संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा संक्रमित हुनेभन्दा कोरोनामुक्त हुनेको संख्या बढी छ । देशका विभिन्न अस्पताल र आइसोलेसनमा बसेका १ हजार ५ सय ६६ जना निको भएर घर फर्केका छन् । यसरी निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।

त्यस्तै गत २४ घन्टामा थप ९ जनाको कोरोना भाइरसबाट निधन भएको छ । अहिलेसम्म् कोरोनाबाट निधन हुने व्यक्तिको संख्या २ सय ८० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस