आज बढ्याे सुनचाँदीको मूल्य, हेर्नुहाेस कतिमा भइरहेकाे छ काराेबार ?

आज नेपाली बजारमा सुनचाँदीको मुल्य उकालो लागेको छ ।

बुधबारको तुलनामा सुनको मुल्य तोलाको ४ सय रुपैंयाले बढेको हो ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९६ हजार ८ र तेजावी सुन प्रतितोला ९६ हजार ३ सय ले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मुल्य उकालो लाग्दा चाँदीको मुल्यमा पनि सामान्य बढेको छ । आज चाँदीको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैंया बढेर १३ सय २५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

मंगल (भाद्र २३ गते ) सुनको मुल्य यो महिनाकै सबैभन्दा थोरै कम भएको थियो । त्यो दिन छापावाल सुन प्रतितोला ९५ हजार ८ मा कारोबार भएको थियो भने तेजावी सुन ९५ हजार ३ सयमा कारोबार भएको थियो । उक्त दिन चाँदीको मुल्य भने तोलाको १३ सय १० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस