सोचनहि नसकिने गरि ह्वात्तै बढ्यो प्याजको भाउ, किलोको कति पुग्यो ?

काठमाडौं। नेपाली बजारमा सुकेको प्याजको मूल्य बढ्दै गइरहेको छ । भारतबाट प्याज आउन छाडेपछि नेपाली बजारमा प्याजको मूल्य बढेको हो ।

एक साताअघि किलोको ४० रुपैयासम्ममा किनबेच भइरहेको सुकेको प्याजको मूल्य अहिले दिनानुदिन बढ्दै गइरहेको छ । प्याज निर्यातसम्बन्धी नियमलाई संशोधन गर्दै भारतले बैंगलोर रोज प्रजातिबाहेकका अन्य प्याज निर्यातमा सोमबारदेखि प्रतिबन्ध लगाएपछि मूल्य बढेको हो ।

भारतले हरेक चाडपर्वको बेला प्याज निर्यातमा रोक लगाउँदै आइरहेको छ । कालीमाटी फलफुल तथा तरकारी बजारमा सोमबार होलसेल मूल्य ६० रूपैयाँ रहेको थियो ।

यस्तै मंगलबार प्याजको मूल्य बढेर ७५ रूपैयाँ पुग्यो । त्यसपछि आज बुधबार पनि प्याजको मूल्य बढेर किलोको ११९ रूपैयाँ पुगेको छ। प्याजको मूल्य भारतबाट आउन छाडेपछि व्यापारीहरुले मूल्य चर्को रुपमा बढाएका छन् ।

अहिले काठमाडौं उपत्यकामा खुद्रा व्यापारीले पहिलेदेखि रहेको स्टक प्याजको मूल्य बढाएर बेचेका छन् । आज काठमाडौं उपत्यकाका खुद्रा पसलले प्याजको मूल्य बढाएर किलो कै १३० रूपैयाँसम्म पुर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस